एकादशी बजारमा किनमेल (फोटोफिचर)

तनहुँको दमौलीमा हरिबोधनी एकादशी बजारमा धानकोदो भण्डारण गर्ने भकारी र निफान्ने अर्थात सफा गर्न प्रयोग गरिने नाङ्गलो खरिद बिक्री गरिदै ।


एकादशी मेलामा आएका कृषकहरुले प्रायः बाँसको चोयाबाट बनाइएका भकारी, चित्र, डालो, नाङ्गलो खरिद गर्ने गर्दछन् ।

तनहुँको व्यास-३ को देउराली नगरमा लागेको हरिबोधनी एकादशी बजारमा गाउँगाउँबाट बिक्रीका लागि ल्याइएको तरुल, सखरखण्ड, सुन्तला लगायतका वस्तु खरिद बिक्री गरिदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ










