व्यास नगरपालिकाले गत आवमा गर्‍यो ३८ किमी सडक विस्तार, एक वर्षमा जम्मा ४ किमी कालोपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाका अनुसार गएको वर्षमा ४ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ भने २६ किलोमिटर नयाँ ट्रयाक खोलिएको र ८ किलोमिटर सडक ग्राभेल गरिएको हो ।

त्यस्तै १७ किलोमिटर पक्की नाला समेत विस्तार गरिएको योजना शाखाका अधिकृत भेषराज तिवारीले बताए । उनका अनुसार थप ४ किलोमिटर सडक कालोपत्रे हुँदै गरेको र केही महिनामै सम्पन्न हुनेछ । उनले भने, ‘नगरपालिकाको आफनौ लागतमा उक्त सडक पिच गरेका हौं, १ कि.मी सडक पिच गर्न १ करोड भन्दा बढी रकम खर्च हुने गर्दछ । पिच गरिएको सडकमा कालोपत्रे मात्र गरिदैन, पक्की नाला निर्माणदेखि पहिरो रोकथामको भौतिक निर्माण गरिन्छ ।’

योजना शाखाका अनुसार गत वर्षमा ११ वटा वडामा कुल १२ कि.मी नयाँ ट्रयाक विस्तार गरिएको छ । जस अनुसार वडा नं १ मा ६२० मिटर, वडा नं ३ मा ६५० मिटर, वडा नं ४ मा १ सय मिटर, वडा नं ५ मा ८५३ मिटर, वडा नं ६ मा ८३५ मिटर, वडा नं ८ मा ७५० मिटर, वडा नं ९ मा १ हजार २ सय मिटर, वडा नं १० मा १ हजार मिटर, वडा नं १२ मा ४९२ मिटर, वडा नं १३ मा २ हजार ४९० मिटर र वडा नं १४ मा २ हजार ८९० मिटर सडक नयाँ ट्रयाक विस्तार गरिएको छ ।

यस्तै, ८ नं. वडा मा २४ कि.मी बाटोमा ग्राबेल गरिएको छ । वडा नं ६ मा ६ कि.मी, वडा नं ८ मा ७२० मिटर, वडा नं १० मा १.५ कि.मी, वडा नं ११ मा ५ कि.मी, वडा नं १२ मा १.२ कि.मी, वडा नं १३ मा २.१ कि.मी र वडा नं १४ मा ६८० मिटर बाटोमा ग्राबेल गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker