लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई

गोरखा : एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पर्नुभएको छ । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित हुनभएको छ ।

प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल हुनुभएको हो ।

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङिगएको थियो ।

प्रतियोगितामा उपाधि विजेता राईले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रो हुनुभएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिनुभयो ।

नेपाल एकीकरणअघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ ।

विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । द्रव्य शाहले दौडमा विजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker