उपाधिका लागि आयोजक भिमाद र एलजी एशोसियशन भिड्ने

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद रंगशालामा जारी भिमाद अर्ना कपको उपाधिका लागि फाइनलमा आयोजक भिमाद र एलजी एशोसियशन खेल्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा भिमादले पेनाल्टी सुट आउटमा संगम एफसीलाई ५-४ गोल अन्तरले पराजित गरेको हो । निर्धातिर ९० मिनेटको समयमा दुवै टोलीबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै टिमबाट थप गोल हुन नसक्दा खेल पेनाल्टीमा गएको थियो ।
खेलमा भिमादका सुसन श्रेष्ठले पहिलो हाफको १६ मिनेटमा टिमको लागि उत्कृष्ट गोल गरेका थिए । लिएको थियो । त्यस्तै खेलको २३ औँ मिनेटमा संगमका लागि विश्यु थापाले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । अन्ततः थप गोल हुन नसक्दा पेनाल्टीमार्फत आयोजक भाग्यमानी सावित भएको हो । आयोजक भिमादका खेलाडी स्थानीय उत्पादन भएको आयोजकले दाबी गरेको छ ।
त्यस्तै, मंगलबार भएको पहिलो सेमिफाइनलमा तनहुँ ११ दमौलीलाई १-० गोलले पराजित गर्दै एलजी एशोसियशन फाइनल प्रवेश गरेको हो । तनहुँ ११ ले पहिलो हाफामा गोल गर्दै अग्रता लिएको थियो ।
तनहुँ-११ ले पहिलो हाफको प्रदर्शनलाई कायम राख्न नसक्दा एलजीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा दुइ गोल गरेको हो । अन्तिम अतिरिक्त समयमा पाएको फ्रि किकमा आशिष गुरुङले उत्कृष्ट गोल गर्दै टिमलाई फाइनल पुर्‍याएका हुन् । फाइनल खेल भोलि दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद रु २ लाख २२ हजार २२२, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker