तेस्रो व्यास युवा कपको उपाधि न्यु स्टार युनाइटेडले जित्यो
भञ्ज्याङ न्यूज

तेस्रो व्यास युवा कप ‘२०७९ ‘को फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युनाइटेडले हात पारेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकामा सोमबार भएको फाइनल खेलमा भिमाद युवा क्लबलाई २-१ गोलले पराजित गर्दै युनाइटेडले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
व्यास नगरपालिका-४ स्थित व्यास युथ क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै न्यु स्टार युनाइटेर्डाई नगद १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता बनेको भिमाद युवा क्लवलाई ५ हजार ५५५ रुपैयाँ, मेडलद्वारा पुरस्कृत गरिएको छ ।
३२ टिमको सहभागिता रहेको प्रतियोगितामा न्यु स्टार युनाइटेडका अनुराज जिसी म्यान अफ दी म्याच घोषित भए। उनले नगद २ हजार प्राप्त गरेका छन् । यस्तै, भिमाद युवा क्लबका बिनोद घिमिरे सर्वोत्कृष्ट खेलाडी बनेका छन्।










