जिल्ला लिग फुटबल : अकलालाई हराउँदै हैरान्स क्लवले जित्यो उपाधि

दमौली । जिल्ला फुटबल संघ तनहुँले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हैरान्स क्लव दमौलीले जितेको छ । सोमबार भएको फाइनल खेलमा अकला युवा क्लब बरादिलाई २–० ले पराजित गर्दै हैरान्सले उपाधि जितेको हो ।

उपाधि जितेको हैरान्सले १ लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको अकलाले ५० हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

जिल्ला लिगबाट विजयी भएसंगै हैरान्स क्लबले गण्डकी प्रदेश फुटबल लिगमा सहभागी हुने अवसर पाएको छ । यस्तै हैरान्सले अब गण्डकी प्रदेश फुटबल संघमा समेत बिजय हुन सके अखिल नेपाल फुटबल संघले आयोजना गर्ने एन्फा प्रेसिडेन्ट लिगमा सहभागीता जनाउन पाउने बताइएको छ ।

प्रतियोगितामा हैरान्सका अजित थापा म्यानअफद म्याच, डिफेन्समा रेशम राई, बेस्ट किपर योन्जन श्रेष्ठ, अकलाका प्रविन सार्की बेस्ट मिडफिल्डरमा, सर्वाधिक गोलकर्ता खैरेनीटार युवा क्लवका आस्मान थापा भएका छन् । यस्तै बेस्ट प्लेयरमा हैरान्सका दिपक थापा रहेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार तथा अन्य उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाइ जनही ३÷३ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिएको थियो ।

बिजेता टोलिलाइ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा व्यास–३ का अध्यक्ष अनुप राना, गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरूङ, खेल संयोजक कुमार श्रेष्ठ, भलिबल संघका अध्यक्ष पदम सुनार, निर्मल माविका प्रधानाध्यापक गणेश चन्द्र बस्नेत, उपाध्यक्ष हरि तिमिल्सिना, महासचिव नवीनकुमार श्रेष्ठ लगायतले विजेतालाई शुभकामना व्यक्त गरेका थिए । तनहुँ जिल्ला फुटबल संघका अध्यक्ष सत्यभक्त पालिखेको अध्यक्षतामा आयोजित प्रतियोगितामा १० वटा क्लवको सहभागीता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker