संविधानको चिरहरण भएको छ : राप्रपा नेता पाण्डे
भञ्ज्याङ न्यूज

चार बर्ष नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले निर्माण भएको चार बर्ष नबित्दै संबिधानको चिरहरण भएको बताएका छन् । जिल्ला कार्य समिति तनहुँद्वारा बुधबार दमौलीमा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले जनताको समस्यामा राप्रपा पार्टी संगठन लाग्नुपर्ने बताएका छन् ।
२४० बर्ष राजाले शासन गर्दा जनताको अभिभावकत्व निभाएर बसेको थियो’, उनले भने, ‘संविधानको मतियार लोकतन्त्रको रक्षक हुँ भन्नेले नै गरेका छन् जसले गर्दा संविधान फेल हुदै गएको छ । जनताको अगाडि गएर जनताको समस्यामा पार्टी संगठनले काम गर्न सके आगामी निर्वाचनमा परिणाम राम्रो आउँछ ।’
पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठले अब राष्ट्र हाँक्ने पार्टी भनेकै राप्रपा भएको बताइन् । एमसीसी जनताले नचाएको उल्लेख गर्दै चाहिदैन भन्दाभन्दै पनि किन अमेरिकाले जबरजस्ती गर्न खोजिरहेको छ भन्दै उनले भनिने, ‘पैसाको भरमा देश बेच्न पाइदैन् ।’
कार्यक्रममा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जयलाल पुन, राजेन्द्र बहादुर अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ, केन्द्रीय सदस्य गौ माया श्रेष्ठ, केन्द्रीय सदस्य हरिराज बगाले, पोखरा उपमहानगरपालिका अध्यक्ष महेश आचार्य, पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद पौडेल, वर्तमान सचिव हेतमान कायस्थ लगायतले मुलुक बचाउने अभिभारा राप्रपा माथि थपिएको हुँदा सचेत भएर अघि बढ्न जोड दिएका थिए ।










