सीप मुलक तालिम

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ र ४ का बेरोजगार, विपन्न तथा दलित महिलाहरुलाई महिला लघु उद्यम विकास तालिम अन्तर्गत एक महिने ब्युटी पार्लर सम्वन्धी तालिम (१० जना) र १५ दिने सपिङ्ग झोला बनाउने तालिम (१० जना) समापन गरी प्रमाणपत्र प्रदान गरिदै । तालिममा सहभागिहरुलाई वडा नं. १ अध्यक्ष शिव कुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष पञ्चामया गुरुङ, मेडपा फोकल पर्सन दिनेश पौडेल, प्रशिक्षकहरू सुष्मा पिया, लुना राना, वडा सदस्य प्रेम शाही, रोशनी बराकोटी लगायतले प्रमाणपत्र वितरण तथा शुभकामना व्यक्त गरेका थिए । तस्विर : भञ्ज्याङ










