दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने?

खाना गएर जम्मा हुने थैलोलाई हामी आमाशय भन्छौं त्यहाँबाट बिस्तारै खाना सानो आन्द्रामा जान्छ । खाना बस्ने ठाउँमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खाना खाने बानी नै हो ।

धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको तथा रक्सी जस्ता खानेकुरा सिधै गएर यहीँ बस्छ । यदि खानामा खराब चिज छ भने खाना बसेको ठाउँमा घाउ बनाउने नै भयो । त्यसैगरी पेनकिलर तथा एन्टिबयोटिक्सको प्रयोगले पनि ग्यास्ट्रिक हुने सम्भावना हुन्छ । सबै औषधिले त गराउँदैनन् तर, आफू खुसी किनेर खाएका औषधिले भने समस्या गराउन सक्छ ।

खाँदा दुखाइ कम हुने भएपनि चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्दा भित्र घाउ बनाइरहेको हुन्छ । अर्को मानसिक तनावले पनि ग्यास्ट्रिक हुनसक्छ । त्यसैगरी एचपाइलरी ब्याकटेरियाले पनि ग्यास्ट्रिक गराउँछ । ग्यास्ट्रिकको समस्या के कारणले गर्दा भएको हो त्यसको निदान गरेर उपचार गर्नुपर्छ ।

कस्ता हुन सक्छन् लक्षण?

पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पोल्ने, पेट फुल्ने, वाकवाक लाग्ने, अमिलो पानी आउने आदि लक्षणहरु ग्यास्ट्रिकका हुन सक्छन् ।

घाउ नै भयो भने अल्सर भएको मानिन्छ । अल्सर भएपछि निरन्तर अत्यधिक दुखाइ हुन्छ उल्टी हुन्छ । अल्सरबाट घाउ भएर रगत बग्न सक्छ । रगत उल्टी भयो भने रगत दिसामा पच्दै गइ कालो दिसा भएर निस्कन्छ । यो खालको भने खतरनाक लक्षण हुन् यसमा तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।रगत बगेर रगतको कमी हुन सक्छ ।

अल्सरबाट आन्द्रामा प्वालै पर्‍यो भने अत्यधिक पेट दुख्छ। तुरुन्त अस्पताल गइहाल्नुपर्छ । लामोसमयसम्म ग्यास्ट्रिक हुने फेरि ठिक हुने फेरी ग्यास्ट्रिक हुने पनि हुन्छ । क्यान्सरको हकमा ग्यास्ट्रिकले नै क्यान्सर गराउने होइन तर ग्यास्ट्रिक गराउने कारणहरुले नै क्यान्सर गराउन सक्छन् ।

कसरी सजग रहने?

खानामा ध्यान दिनुनै महत्त्वपूर्ण हो । रक्सी चुरोट खानुभएन । मसालेदार चिल्लो खानुभएन । दसैं मनाउँदा रमाइलो गर्दा शरीरलाई पनि ध्यान दिनुपर्‍यो । ग्यास्ट्रिकको पहिलेदेखिको समस्या हो भने नियमित औषधि खानुपर्‍यो । दसैंको समयमा खानपानमा ध्यान दिइएन भने समस्या झनै बल्झिन सक्छ । सकेसम्म लामोसमयसम्म भोकै बस्नुहुन्न । धेरैबेर भोको बस्दा पेटमा एसिड बनिराखेको हुन्छ त्यो एसिडले नै घाउ बनाउँछ । स्वादको पछि पर्नुभन्दा स्वास्थ्यको ख्याल राखौं ।

खानपिनले सानो आन्द्रामा संक्रमण हुने, झाडापाखला लाग्ने, फुड प्वाइजन आदि गराउन सक्छन् । एकदम पेट दुखेमा, उल्टी आएमा, अमिलो पानी आएमा, दिसा कालो गएमा तुरुन्त अस्पताल गइहाल्नुपर्छ ।

यसबाट बच्न जोखिम कारकलाई कम गर्नुपर्छ । धेरै मसालेदार खानुभएन । सन्तुलित भोजन गर्नुपर्‍यो । दसैंमा खानपिन धेरै प्रकारका हुन्छन् । मसालेदार हुन्छन् । मासुसँगै अरु तरकारीहरु पनि खाने गर्नुपर्छ । धेरै पिरो मसाला खाादा पेटमा गएर त्यही बस्छ अनि घाउ बनाउन सक्छ । इकान्तिपुरबाट

(त्रिवि शिक्षण अस्पतालका जीआई सर्जन डा. विष्णुप्रसाद कँडेलसँग गरिएको कुराकानीमा आधारित)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker