जनसहयोगि माविमा अधिकारीले स्थापना गरे अक्षयकोष

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिका-१३ सम्जुरस्थित जनसहयोगि माध्यमिक विद्यालयमा १ लाख १ हजार १११ रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको छ । भानु-१३ तीनघरे घर भई हाल अमेरिका निवासी राजु अधिकारीले विपन्न समुदायका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन् ।

भानु-१३ स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका अधिकारीले विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरी विपन्न समुदायका बालबालिकालाई पठनपाठनमा सहयोग पुर्‍याउँदै आएका छन् भने उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई पुरस्कृत समेत गर्दै आएका छन् ।

अधिकारीले जनसहयोगि माविका व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर थापा र प्रधानाध्यापक रामशरण पौडेललाई अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए । विद्यालयले अधिकारीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो ।

अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका अधिकारीले आफ्नो जन्थलोका विद्यालयहरुमा विपन्न समुदायका बालबालिकालाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक तथा शैक्षिक सामाग्रि सहयोग गर्दै आएका छन्।

नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत टेवा पुर्‍याउने उद्देश्यले अधिकारीले मुलुकका ७७ वटै जिल्लाका भ्रमण गरिसकेका छन् भने हालै गण्डकी प्रदेश भित्रका मुख्य मुख्य पदमार्गमा पदयात्रा समेत गरिसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker