विद्यार्थीलाई पुरानो प्रविधिको जानकारी तथा सिप हस्तान्तरण (फोटोफिचर)
तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई पुरानो प्रविधिको प्रयोग बारे जानकारी तथा सिप हस्तान्तरण गराउँदै ।


विद्यालयले विद्यार्थीलाई नेपाली समाजको पुरानो प्रविधि अर्थात लोपको संघारमा पुगेको गुन्द्रिको तान लगाउने र बुन्ने, हलो जोत्ने, मकै छर्ने, जातो पिध्ने, मकै भुट्टने, ठेकीमा दही मोथ्ने लगायतका व्यवहारिक सिकाई सञ्चालन गर्ने गरेको प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए।


विद्यालयले गत वर्षविद्यार्थीहरुलाई सालको पातबाट टपरी बनाउने शिक्षा प्रदान गरेको थियो । तस्विर : भञ्ज्याङ










