तनहुँको जिपीमा पित्ताथैलीको सफल शल्यकृया

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतरा स्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्तथैली (पत्थरी)को सफल शल्यकृया भएको छ । शुक्लागण्डकी-७ की ६१ बर्षीया कुमारी गाहामगरको पित्तथैलीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो ।

केन्द्रका सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पूर्वक शल्यकृया गरेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । अस्पतालमा बिहीबार पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न गरिएको निर्देशक डा. श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘केन्द्रमै मेजर अप्रेसन सफलता पुर्वक सम्पन्न भयो, अब दैनिक रुपमा शल्यकृया सेवा अस्पतालले प्रदान गर्नेछ ।’

विरामी गाहामगरको पित्त थैलीको शल्यकृया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल, स्टार्फ नर्सहरु दिल कुमारी भुजेल, सृजना कुंवर, पुजा थापा, एलिसा थापा, रीता श्रेष्ठ, सुस्मिता महतको सहयोगीमा दिल बहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको अस्पताल प्रशासनले जनाएको छ ।

२०७३ साल साउनदेखि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ, लमजुङ्ग, पाल्पा, स्याङजा, नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत बासुराज दाहलले बताए ।

अस्पतालले सेवा विस्तार गरेर त्यस क्षेत्रका नागरिकहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने कुरा गौरवको बिषय भएको अस्पतालका बोर्ड सदस्य राम भण्डारीले बताए । अस्पतालमा फार्मेसिको ब्यवस्थापन, बिमाबाट पाउने औषधि नियमित रुपमा उपलब्धता रहेको केन्द्रका फर्मेसी अधिकृत मुकेन्द्र प्रसाद यादवले बताए । केन्द्रलाई आवश्यक पर्ने भौतिक पूर्वाधार थप्दै लगिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker