गण्डकी प्रदेश : हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।

चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए । विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको र संसदमा दुई दिन अगाडि सूचनासमेत नपठाएपछि शुक्रबार कांग्रेसको बहिस्कारका बाबजुद अधिवेशन सुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ । त्यसको भोलिपल्टै शनिबार बिहान अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी सुम्पिएका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कांग्रेसका सुरेन्द्रराज पाण्डले विपक्षीलाई बहुमत पुग्नबाट रोक्नकै लागि मनाङेलाई चैत ५ गते भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

चैत २१ गते राजीनामा दिएर ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीतिमा रहेका पाण्डेलाई रोक्दै सभामुखको संख्यालाईसमेत कायम गरेका २५ गते नै अधिकारीलाई दाबी पेश गरेका थिए । दलको तर्फबाट हस्ताक्षर गरेर दाबी पेस भएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सभामुखलाईसमेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले चैत २७ गते सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले ७ गतेभित्र मुख्यमन्त्री नियुक्त गर्दाको सक्कलै कागज मगाएको थियो भने १० गते पेशी तोकेको छ । सर्वोच्चले सरकारलाई कामचलाउ हिसाबले मात्रै चल्न र दीर्घकालीन महत्वको निर्णय नगर्न आदेश दिएको छ ।

अधिकारीले सर्वोच्चले फैसला गर्नु अगाडि नै विश्वासको मत लिएर बहुमत पुष्टि गर्ने रणनीति लिए पछि शुक्रबार अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित भएको छ । मुख्यमन्त्री अधिकारीले बजेटको तयारी र संसदमा प्रि-बजेट छलफल गर्न पनि बजेटका सिद्धान्त र प्राथमिकता तोक्नका लागि पनि संसद आह्वान गरिएको बताएका छन् ।

सरकारको नियमित काम र बजेटको तयारी गर्नकै लागि पनि शनिबारै चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री स्रोतले बताएको छ । चुमान भने अहिले काठमाडौं छन् ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा २ मन्त्रीको जिम्मेवारी बाँडफाँट गरेसँगै मुख्यमन्त्री अधिकारी पनि काठमाडौं पुगेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker