व्यासका २ वडामा शिक्षाका लागि एसओअएस बालग्राम परियोजना शुरु, परियोजनाका लागि १० करोडको कार्यक्रम घोषणा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

एसओएस बालग्राम नेपालले व्यास नगरपालिकाका दुइ वटा वडामा समुदायमा आधारित सबलीकरण कार्यक्रम शुरु गरेको छ । ‘सबै बालबालिकाका लागि मायालु घर’ भन्ने नारासहित बालग्रामले व्यास नगरपालिकाको वडा नं. १३ र १४ मा उक्त कार्यक्रम शुरु गरेको हो ।

वडा नं. १३ पोखरीभञ्ज्याङमा बुधबार आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र बालग्रामका अध्यक्ष ज्योतिरत्न धाख्वाले संयुक्त रुपमा कार्यक्रमको घोषणा गरेका छन् ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र बालग्रामका अध्यक्ष ज्योतिरत्न धाख्वाले संयुक्त रुपमा कार्यक्रमको उद्घटान गर्दै । तस्विर : भञ्ज्याङ

सो अवसरमा न्यौपानेले बालग्रामले नगरपालिकालाई छनोट गरेर उक्त परियोजना शुरुआत गरेकामा धन्यवाद ज्ञापन गर्दै यो परियोजनाले समुदायका बालबालिकाको शिक्षास्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बालग्राम नेपालका अध्यक्ष डा ज्योतिरत्न धाख्वाले तीन वर्षसम्म दुइ वडामा परियोजना सञ्चालन गरिने जानकारी गराएका थिए । संस्थाले बालबालिका, विद्यालय तथा अभिभावक सबैका क्षेत्रमा सहयोग गर्ने भन्दै उनले वातावरणमा सुधार गरेर बालबालिकाको शिक्षास्तर उकास्न कार्यक्रम लक्षित रहेको जानकारी गराए ।

संस्थाले यस अघि विपन्न वर्गका बालबालिकालाई आवासिय शिक्षा दिंदै आइरहेको छ । तर अब समग्र समुदायकै शिक्षस्तर वृद्धिमा सघाउन सकिएमा धेरैको शिक्षास्तर उकासेर असल नागरिक उत्पादनको अपेक्षा गरिएको अध्यक्ष धाख्वाले बताए ।

उक्त कार्यक्रमका लागि बालग्रामले तीन वर्षा दश करोड रुपैयाँ खर्च गर्नेछ । परियोजनामार्फ समुदायका विपन्न वर्गका बालबालिकाको शिक्षामा सुधार, अभिभावकलाई आयआर्जनमा लगानी लगायत कार्यक्रम सञ्चालन गरिने बालग्राम कार्यक्रम निर्देशक उपेन्द्र मल्लले जानकारी दिए । एसओएस बालग्राम नेपालले अभिभावक गुमाएका, द्वन्द्वपीडित तथा सीमान्तकृत समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आएको छ ।

दुवै वडाका विपन्न र दलित वर्गका बालबालिकाले आर्थिक अभावमा पठनपाठन नै छाड्ने अवस्था आएकाले कार्यक्रमले यसलाई कम गर्ने आशा गरिएको व्यास-१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले बताए । दलित र जनजाति समुदायको बाक्लो बस्ति रहेको यस क्षेत्रमा घरका कारण पनि स्तरीय शिक्षा लिन नपाएका बालबालिकालाई यस कार्यक्रमले सघाउँछ भन्ने हामीले विश्वास गरेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमअर्न्तगत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अलावा संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका बालबालिका र उनीहरुका परिवारलाई पनि शिक्षा र आयमूलक कार्यमा सघाइने संस्थाले जनाएको छ ।

घोषणा कार्यक्रममा नगर उपप्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर राना लगायत जनप्रतिनिधि तथा विद्यालयका अधिकारीहरु सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker