तनहुँको बन्दीपुरमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले उक्त ठाउँको अवलोकन गरेको हो ।

‘एक पालिका एक औद्योगिक ग्राम’ बनाउने सरकारको नीति बमोजिम बन्दीपुर गाउँपालिकाले भुडाटारमा औद्योगिक ग्राम बनाउन सिफारिस गरिएकाले सो स्थलको अवलोकन गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
उक्त ग्राम स्थापनाका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यका लागि भुडाटारमा रहेको ५० रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको वडाअध्यक्ष पोख्रेलले बताए ।

छरिएर रहेका स-साना उद्योगहरूलाई एकीकृत गरी व्यवस्थित गर्न सरकारले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा चार रोपनी र तराइ क्षेत्रमा सात बिघा जग्गा हुनुपर्ने मापदण्ड बनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker