बिद्यार्थी मृत्यु प्रकरण : तनहुँको बाइसजागरमा टायर बालेर डुम्रे-बेशिसहर सडक अबरुद्ध

भञ्ज्याङ न्यूज

लमजुङको सुन्दरबजार नगरपालिका-९ फ्युचरस्टार आबसीय माध्यमिक बिद्यालयको कक्षा १० मा अध्यायनरत बर्ष१८ का सनिज श्रेष्ठको मृत्यु प्रकरणलाई लिएर डुम्रे-बेशिसहर सडक खण्ड अवरुद्ध भएको छ ।

विद्यार्थी श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदिमा डुबेर मृत्यु भएको थियो । बिद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयवासिन्दाले सडकमा टायर बालेर डुम्रे-बेशिसहर सडक अवरुद्ध गरेका हुन । स्थानीयको प्रदर्शनले डुम्रे-बेंसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सीमा क्षेत्र लमजुङ प्रवेश पाउदीदेखि सिउँडीबारसम्म बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

भानु-९, बाइसजाँगर घर भएका विद्यार्थीका आफन्त र स्थानीयले बाइसजाँगर चोकमा टायर बालेर सडक अवरोध गरेको स्थानीय अजिमा खातुनले बताइन । सडक अवरोधले बुधबार बिहानैदेखि यातायात ठप्प छ । डुम्रेबाट आएका सवारी साधन बाइसजाँगरमा रोकिएका छन् । निषेधाज्ञा जारी गरिएको सिउँडीबार क्षेत्र पनि ठप्प छ ।

होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताएका छन् ।

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडितपक्षले विद्यालयको २ वटा बस, एउटा भ्यान र स्कुलको गेट समेत तोडफोड भएको प्रहरीले जनाएको छ । प्रदर्शनले उग्र रुप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker