वन मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली
वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक किहुँ गाविस हाल भिमाद नगरपालिका-१ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापामगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थापामगरलाई आज पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले विसं २०७५ चैत १२ गते थापामगरविरुद्ध दुइ महिना पाँच दिन कैद र रु दुइ लाख ३३ हजार जरीवानाको फैसला सुनाएको थियो ।










