म्याग्दे-७ हर्षपुरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि बन्दिपुरले उचाल्यो

- भञ्ज्याङ समाचारदाता (म्याग्दे)
म्याग्दे गाउँपालिकाको ज्योति युवा क्लब हर्षपुरले सञ्चालन गरेको भलिबल खेल प्रतियोगिताको उपाधी बन्दिपुरले उचालेको छ । क्लवले म्याग्दे-७ हर्षपुरमा आयोजना गरेको गाउँ तथा वडास्तरीय भलिबल प्रतियोगितामा आयोजक ज्योति युवा क्लब हर्षपुर टिमलाई हराउँदै बन्दिपुरले उपाधि जितेको हो ।
बिजेता टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार प्रदान गरेकी थिइन् । पुरस्कार वितरण गर्दै अध्यक्ष रानाले युवाहरूको लागि खेल अपरिहार्य रहेको बताइन् । खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउन तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्न पनि यस्ता किसिमको प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष रानाले बताइन् ।
उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ तथा शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । क्लवका अध्यक्ष दुत बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य रामकृष्ण वि क, क्या. वीर बहादुर थापा, मनोज राना लगायतका बक्ताहरूले स्वाथ्य र अनुशासनका लागि खेलकुदका गतिविधि अति आवश्यकाता रहेको बताएका थिए । फागुन १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।