भानुमा बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव, ४२ वटा सामुदायिक विद्यालयको सहभागिता

तनहुँको भानु नगरपालिकामा पालिकास्तरीय बृहत शैक्षिक सामाग्री प्रदर्शनी महोत्सव सञ्चालन गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी महोत्वसमा ४२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रदर्शनीको शुभारम्भ गर्दै भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले बालबालिका सिर्जनाका खानी हुन् भन्ने तथ्य यस प्रदर्शनीमा राखिएका विद्यार्थी निर्मित सामग्रीहरुले पुष्टि गरेको बताए । उनले भने, ‘अभिभावकहरुले अनुकुल सिकाइ वातावरण सिर्जना गर्यौं र उनीहरुलाई प्रोत्साहन र हौसला दियौं भने बालबालिकाहरुबाट उत्कृष्ट कार्यसम्पादन हुन्छ भन्ने कुराको ज्वलन्त नमूना यस शैक्षिक महोत्सवले देखाएको छ ।’

नगरप्रमुख त्रिपाठीले विषयगत शिक्षकहरुहरुको उचित मार्गनिर्देशनमा बालबालिकाहरुले अत्यन्त मिहिनेतका साथ बनाइएका सामग्रीहरु कक्षा कोठा शिक्षणमा पनि प्रयोग हुने र यसले कक्षा शिक्षणमा विद्यार्थीलाई उत्प्रेरित गर्नुका साथै सिकाइलाई दिगो र प्रभावकारी बनाउन मद्दत पुग्दा शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्नेछ विश्वास व्यक्त गरे ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकार पौडेलको अध्यक्षतामा आयोजित शैक्षिक प्रदर्शनीका विषयमा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सहजिकरण गरेका थिए । भानु नगरपालिकामा पहिलो पटक आयोजना गरिएको यस प्रदर्शनी महोत्सवमा राखिएका सामग्रीको मूल्याङ्कन गर्नका लागि भानुका छिमेकी पालिकामा कार्यरत विषयगत शिक्षकहरुलाई विज्ञको रुपमा आमन्त्रण गरिएको थियो ।

प्रदर्शनीमा राखिएका सामग्रीको आकर्षण, पाठ्यक्रमसँगको सान्दर्भिकता, सामग्रीको प्रयोग उपयोगिता र टिकाउपन, मौलिकता र सिर्जनात्मकता, स्थानीय सामग्रीको प्रयोग र प्रस्तुततीकरण गरी विभिन्न ६ वटा मापदण्डहरु तय गरी मूल्याङ्कन गरिएको नगरशिक्षा अधिकारी पौडेलले जानकारी गराए ।

प्रदर्शनीमा राखिएका सामाग्रीहरुको मूल्याङ्कनकर्ता विषय विज्ञहरुबाट गरिएको प्रतियोगिताको तहगत र विषयगत नतिजा अनुसार प्राथमिक तहको अंग्रेजी विषयमा प्रथमः होरालो शाशिस मावि भानु २ नारेश्वरटार, द्वितीयः पूर्कोट मावि भानु ७ बसन्तपुर, तृतीयः मनोहर मावि भानु ८ महन्तेहटिया हुन सफल भएका छन् । नेपाली विषयमा प्रथमः चोक मावि भानु १० रामपुरटार, द्वितीयः त्रिभुवन मावि भानु ११ मानेचौका, तृतीयः चन्द्रोदय प्रावि भानु ५ नाबरुङ् भएका छन् ।

गणित विषयमा प्रथमः मर्स्याङ्दी आवि भानु ३ खहरे, द्वितीयः चन्द्रोदय प्रावि भानु ५ नाबरुङ, तृतीयः राष्ट्रिय मावि भानु ११ मयाँखु हुन सफल भएका छन् भने, विज्ञान विषय तर्फ प्रथमः चन्द्रावती मावि भानु ७ चुँदी, द्वितीयः सरस्वती सदन मावि भानु ५ मैवल, तृतीयः कर्मदा मावि भानु ९ बाइसजंघार भएका छन् । सामाजिक विषय तर्फ प्रथमः त्रिभुवन मावि भानु ११ मानेचौका, द्वितीयः विद्यानिुकुञ्ज मावि भानु १२ वयापानी, तृतीयः होरालो शाशिस मावि भानु २ नारेश्वरटार भएका छन् ।

यस्तै, निम्न माध्यमिक तहको अंग्रेजी विषय तर्फ प्रथमः विद्यानिकुञ्ज मावि भानु १२ वयापानी, द्वितीयः सरस्वती सदन मावि भानु ५ मैवल, तृतीयः जनजागृति मावि भानु ३ तुरतुरे भएका छन् भने, नेपाली विषय तर्फ प्रथमः होरालो शाशिस मावि भानु २ नारेश्वरटार, द्वितीयः कर्मदा मावि भानु ९ बाइसजङ्घार, तृतीयः मनोहर मावि भानु ८ महन्तेहटिया भएका छन् भने, गणित विषय तर्फप्रथमः कालिका मावि भानु ९ डुम्रिखर्क, द्वितीयः नारायणी आवि भानु ५ बारीफाँट, तृतीयः मनोहर मावि भानु ८ महन्तेहटिया भएका छन् ।

विज्ञान विषय तर्फ प्रथमः राष्ट्रिय मावि भानु ११ मयाँखु, द्वितीयः कर्मदा मावि भानु ९ वाइसजंघार, तृतीयः सरस्वती मन्दिर मावि भानु १२ घलेछाप भएका छन । सामाजिक विषय तर्फ प्रथमः सत्यवती देवी आवि भानु १ सालविस्ने, द्वितीयः कालिका मावि भानु ९ डुम्रीखर्क, तृतीयः जनजागृति मावि भानु ३ तुरतुरे भएका छन् ।

यस्तै, माध्यमिक तहको अंग्रेजी विषय तर्फ प्रथमः कर्मदा मावि भानु ९ बाइसजंघार, द्वितीयः चोक मावि भानु १० रामपुरटार, तृतीयः चन्द्रावती मावि भानु ७ चुँदी, तृतीयः कालिका मावि भानु ९ डुम्रिखर्क भएका छन् भने, नेपाली विषय तर्फ प्रथमः त्रिभुवन मावि भानु ११ मानेचौका, द्वितीयः विद्यानिकुञ्ज मावि भानु १२ वयापानी, तृतीयः चोक मावि भानु १० रामपुरटार भएका छन् ।

गणित विषय तर्फ प्रथमः राष्ट्रिय मावि भानु ११ मयाखु, द्वितीयः होरालो शाशिस मावि भानु २ नारेश्वरटार, तृतीयः कर्मदा मावि भानु ९ वाइसजंघार भएका छन् । विज्ञान विषय तर्फ प्रथमः चन्द्रावती मावि भानु ७ चुँदी, द्वितीयः त्रिभुवन मावि भानु १२ मानेचौका, तृतीयः हिमालय मावि भानु ३ चामवास भएका छन् भने, सामाजिक विषय तर्फप्रथमः कर्मदा मावि भानु ९ बाइसजंघार, द्वितीयः त्रिभुवन मावि भानु ११ मानेचौका, तृतीयः कालिका मावि भानु ९ डुम्रिखर्क भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker