समृद्ध बन्दिपुर बनाउने कांग्रेसका उम्मेदवार प्रधानको प्रतिवद्धता

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका ध्रुवलाल प्रधानले समृद्ध बन्दिपुर बनाउने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रतिवद्धता पत्रमा उम्मेदवार प्रधानले गाउँपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विद्युत, खानेपानी, कृषि, संस्कृति सम्पदा, विपत्त, प्रकोप ब्यवस्थापन, खेलकुद, फोहोरमैला ब्यवस्थापन, पर्यटन, वृद्धवृद्धा, महिला तथा बालबालीका लगायतका क्षेत्रलाई मजबुत र व्यवस्थित गरी समृद्ध बन्दिपुर बनाउने योजनाका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

प्रधानले घोषणापत्रमा बन्दिपुर गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसहरुको स्तरोन्नति गरी आधुनिक पूर्वाधारहरुको निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा शैक्षीक वातावरणमा सुधार गरी आधुनिक उच्चस्तरीय प्रविधिसहितको शिक्षामा जोड दिने, प्रत्येक विद्यालयमा हप्ताको एक दिन अनिवार्य रुपमा आधुनिक कला, खेलकुद, संगीत तथा नेतृत्वको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्ने, असाक्षरलाई विशेष कक्षा संचालन गरि साक्षर बनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने, प्रत्येक वडामा नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिवीरहरु गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने योजना अगाडि ल्याएका छन् । बन्दिपुरलाई सुन्दर र मनमोहक बनाउन पहल गर्ने, सांस्कृतिक महत्वका सम्पदा तथा पर्यटकीय क्षेत्रहरुको निर्माण तथा पुनःनिर्माण गर्ने, पर्यटकीय स्थान तथा प्रत्येक वडाहरुमा आवश्यकता अनुसार र्सार्वजनीक शौचालय निर्माण गर्ने योजना र प्रतिवद्धता प्रधानले जनाएका छन् ।

अध्यक्षका उम्मेदवार प्रधानले सडक र यातायात ब्यवस्थापनका लागि सडकले नछोएको वडा तथा टोलहरुमा तत्कालै बाटो ट्र्‍याक खोल्ने तथा कालोपत्रो गर्न बाँकी सडकमा योजनाबद्ध रुपमा तत्कालै कालोपत्र गर्ने, सुन्दर र सफा बाटो निर्माण गरी फुटपात निर्माण तथा सडकको मुख्य मुख्य बस स्टेशनमा सिसिटिभी जडान गर्ने र प्रत्येक वडाहरुलाई पालिका कार्यालयसम्म जोड्न सहुलीयत बस सेवा संचालन गर्ने योजना बनाएका छन् ।

हाम्रो बन्दिपुर राम्रो बन्दिपुरको नारा लिएर बन्दिपुरलाई देशको उत्कृष्ट पर्यटकीय स्थानको रुपमा परिवर्तन गर्ने, पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दिपुर भ्रमण वर्ष कार्यक्रम दुइ वर्षभित्र संचालन गर्ने, सांस्कृतिक महत्व तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण, पूर्वाधार निर्माण तथा अन्य सम्भावीत पर्यटकीय गन्तब्यको निर्माण गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सिद्ध गुफालाई विश्वकै आकर्षित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भवाना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराउने प्रतिवद्धता जनाएका छन् ।
प्रधानले वृद्धा तथा अशक्त ब्यक्तिहरुको लागि गाउँपालिकाबाट मासिक रुपमा आर्थिक सहयोग गर्ने, महिलाको लागि विद्यालय तथा वडाहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरी तनहुँ लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने र बन्दिपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

यस्तै, प्रत्येक वडाहरुमा कृषकलाई आधुनिक वैज्ञानीक कृषि तालिम दिई बीउ विजन उपलब्ध गराइ कृषि उत्पादन गरिने तथा उत्पादित फलफूल तथ तरकारी भण्डारको लागि कोल्डस्टोर निर्माण गर्ने, बन्दिपुर गाउँपालिकाको उपयुक्त स्थानमा तनहुँ जिल्लाकै ठूलो बहुउद्देश्यीय खेलकुद स्टिेडियम बनाउने, दमकल एम्बुलेन्स अन्य उद्धारका सामाग्रीहरु निश्चित स्थानमा चौबिसै घण्टा परिचालनको लागि तयारी अवस्थामा राख्ने पनि घोषणपत्रमा प्रधानले समावेश गरेका छन् ।

स्थानीय जनतासँग प्रत्यक्ष साक्षात्कार तथा गुनासो सुनुवाइको लागि गाउँपालिका अध्यक्षको प्रत्यक्ष गुनासो इकाइ गठन गर्ने र मासिक रुपमा जनतासँग अध्यक्ष कार्यक्रम संचालन गर्ने, सम्पूर्ण बन्दिपुर गाउँपालिकाबासिहरुको लागि शुद्ध खानेपानी ब्यवस्था गर्न निश्चित स्थानहरुमा खानेपानी ट्याङ्किहरु निर्माण गर्ने, कल, कुवा, धाराहरु पुनःनिर्माण गरी पुराना स्रोतहरुलाई पुनःजिवित गर्ने, सम्पूर्ण वडाका घर घरमा विद्युत लाईन पुर्‍याउने र अब्यवस्थित तार, बिजुलीको पोल ब्यवस्थित गर्ने प्रधानले चुनावी प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker