अर्थ
-
Top 3 Feature Posts
३० श्रावण २०८२, शुक्रबार १९:४०साँझपख बदलिन्छ धरानको भानुचोक
धरान : बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ । बसका सहायकको चर्को बोलावट,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८२, शुक्रबार १४:२९वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गरी लाखौं कमाउँदै तनहुँका राजु
दमौली : वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गर्दै आएका तनहुँका एक युवाले उल्लेखनीय सफलता हासिल गरेका छन् । व्यास नगरपालिका–१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले दक्षिण कोरियामा नौ वर्ष काम गरेपछि भिसा अवधि रहँदै त्यहाँको रोजगारी छोडेर स्वदेशमै कागती खेती सुरु गरेका हुन् ।…
पुरा पढ्नुहोस -
अर्थ
२७ श्रावण २०८२, मंगलवार १२:४६तनहुँमा उद्योग दर्ता घट्यो
तनहुँमा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ । उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार २२:२१भानुको योजना : गुन्द्रुकलाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने
तनहुँ : तनहुँको भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादन हुने सागलाई गुन्द्रुकमा रूपान्तरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना अगाडि ल्याएको छ । नगरपालिकाले ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड निर्माण गरी बजार विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेको हो। कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:५२वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
वीरगञ्ज : पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो । “अकाशेपानी पर्नु अघि नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:३९विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८२, शनिबार १३:३७म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ । यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि यस ठाउँमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार १८:४८घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार
गण्डकी : लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार १३:०४१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार १३:०२नस्ल सुधारका लागि तनहुँमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान
दमौली : तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०८२, बिहीबार ११:५९तनहुँका दुई सडक स्तरोन्नतिमा विश्व बैंकको अनुदान सहयोग बजेट विनियोजन, काम तीव्र गतिमा
दमौली : तनहुँका दुई महत्वपूर्ण सडक स्तरोन्नतिको काम विश्व बैंकको अनुदान सहयोगमा तीव्र गतिमा अघि बढिरहेको छ । व्यास नगरपालिकाको पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ सडक खण्डलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट विनियोजन गरिएको हो । चालु…
पुरा पढ्नुहोस -
अर्थ
२१ श्रावण २०८२, बुधबार १३:३१दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना
गण्डकी : स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमनसम्बन्धी योजना तथा नीति तर्जुुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । ऐनले अधिकार प्रदान गरे पनि स्थानीय तहहरूको त्यसतर्फ जागरुकता नदेखाइरहेका अवस्थामा पोखरा महानगरपालिकाले नगर…
पुरा पढ्नुहोस