भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

भानु : ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित भानु नगरपालिकामा बिहीबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले शिविरको शुभारम्भ गर्दै नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरे ।
शिविरमार्फत पाइल्स, फिस्टुला, फिसर, ग्यास्ट्रिक तथा कब्जियत, कलेजो तथा मिर्गौला सम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह, अनिद्रा, हाडजोर्नी तथा बाथरोग, दम, खोकी, पिनासलगायत विभिन्न रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी शिविरमा महिला स्वास्थ्य सेवा, प्रसूति तथा बालरोग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, स्तनसम्बन्धी सेवा तथा योग सेवा समेत उपलब्ध गराइएको छ ।
आयुर्वेद उपचार पद्धतिको पहुँच विस्तार गर्दै नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको जनाइएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी यस्ता कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker