फाेटाे फिचर
-
११ आश्विन २०८०, बिहीबार १२:०१बन्दीपुरमा पर्यटकलाई स्वागत
४४औं विश्व पर्यटन दिवसको अवसरमा बुधबार तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गर्दै होटल व्यवसायी । दिवसका अवसरमा बन्दीपुरमा आउने जाने पहिलो पर्यटकलाई झाँकी सहित स्वागत र सम्मान, साँस्कृतिक झाँकी प्रदर्शन, पर्यटकहरु सहितको उपस्थितिमा पर्यटन ब्यवसायी, बुद्धिजीवी, जनप्रतिनिधिहरू बिच अन्तरक्रिया, बजारमा फुड…
पुरा पढ्नुहोस -
९ आश्विन २०८०, मंगलवार ११:४९उपचारको पालो पर्खाइ
तनहुँको दमौली अस्पतालमा सोमबार स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै सर्वसाधारण । दमौलीमा पछिल्लो समय डेङ्गु संक्रमित बढ्दै गएपछि स्वास्थ्य संस्थामा विरामीको चाप बढेको छ । तनहुँमा हालसम्म करिब दुइ हजार बढि जनामा लक्ष्यण सहितको डेङ्गु संक्रमण पुष्टि भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ आश्विन २०८०, सोमबार ११:१३एमसिसी परियोजना विरोधमा मार्चपास
विप्लव नेतृत्वको नेकपाले आइतबार दमौलीमा निकालेको एमसिसी परियोजनाको विरोधमा मार्चपास । विभिन्न ठाउँमा मार्चपास सकेर टोली आइतबार दमौली आइपुगेको हो । मार्चपाससंगै कलाकारहरुले गीतमार्फ् एमसिसी परियोजनाको विरोध गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०८०, आईतवार ११:१६बालबालिकाको तौल लिइदै
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतको चैनपुर स्वास्थ्य आमा समूहको नियमित मासिक बैठकमा बालबालिकाको तौल लिइदै । स्वास्थ्य चौकीले वालवालिकाको वृद्धिविकासको नियमित अनुगमन साथै गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्था बारे अनुगमनका साथै नियमित गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले…
पुरा पढ्नुहोस -
५ आश्विन २०८०, शुक्रबार ११:०५निर्वाचन क्षेत्रका जनतासँग भेटघाट
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरी गुनासा सुन्दै । बिगत केही दिनदेखि जनतासँग भेटघाट अभियान सञ्चालन गरी निर्वाचन क्षेत्रका बासिन्दालाई भेटघाट तथा समस्याबारे जानकारी लिएका छन् । डा. वाग्लेले बिहीबार व्यास नगरपालिका वडा नम्बर १…
पुरा पढ्नुहोस -
४ आश्विन २०८०, बिहीबार ११:४२दीप प्रज्वलन
संविधान दिवसमा दमौलीमा दीप प्रज्ज्वलन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ आश्विन २०८०, बिहीबार ११:१६आलु खेती
मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
३ आश्विन २०८०, बुधबार ०८:०९भत्काइयो सडक छेउका घर
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक सिमा भित्र रहेका घर टहराहरु भत्काइएपछिको अवस्था । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य अन्तर्गत आँवुखैरेनी-जामुने भञ्ज्याङ खण्डमा काम प्रगति सन्तोषजनक रहेपनि जामुने भञ्ज्याङ-पोखरा खण्डमा सडक विस्तारको कामले गति लिन सकेको छैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ आश्विन २०८०, बुधबार ०८:०४दमौलीमा सरसफाई
संविधान दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा सरसफाई गरिदै । जिल्ला समन्वय समिति, व्यास नगरपालिका लगायतका कार्यालयको सक्रियतामा दमौली बजार क्षेत्रमा सरसफाई गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस