फाेटाे फिचर
-
५ चैत्र २०७९, आईतवार ११:३०गाउँमै दाँतको उपचार
तनहुँको बन्दिपुर गाउँपालिका-६ धरमपानीमा सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा दातको परीक्षण गरिदै । ढोरबाराही डेन्टल केयर सेन्टर दमौलीको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा स्थानीय करिब १२५ जनाको दन्त परीक्षण गरिएको वडा अध्यक्ष बलबहादुर गुरुङले जानकारी गराए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ चैत्र २०७९, शुक्रबार ११:३२बासबाट निर्मित डस्टविन
तनहुँको आँवुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा प्रयोगमा ल्याइएको बासबाट निर्मित डस्टविन । स्थानीयस्तरमै उपलब्ध बासबाट अभिभावकले डस्टविन तयार गरी विद्यालयलाई उपलब्ध गराएका हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०७९, बिहीबार १२:०१हात खाली राखे पेट खाली हुन्छ
तनहुँको शुक्लागण्डी नगरपालिका-९ ढोरफिर्दीस्थित ढोरवराही मन्दिर बाहिर सालको पातबाट टपरी बनाउँदै स्थानीय वृद्धा महिला । उनले जंगलबाट सालको पात ल्याएर टपरी बुनेर मन्दिरमा पूजाअर्चन गर्न आउने भक्तजनहरुलाई बिक्री वितरण गरछिन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०७९, बिहीबार ११:५२मुक्तिनाथमा दर्शनार्थी
हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर । जाडोको याम सकिँदै गर्दा पछिल्ला दिन दर्शनार्थी आउने क्रम बढेको छ । तस्बिर : वासुदेव पौडेल/रासस
पुरा पढ्नुहोस -
२ चैत्र २०७९, बिहीबार ११:५०वन नर्सरी
डिभिजन वन कार्यालय तनहुँ नर्सरीमा हुर्कदै गरेका विभिन्न प्रजातिका विरुवाहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ चैत्र २०७९, बुधबार ११:१८थानीमाई मन्दिर
तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार फूलको डोली लिएर पुगेका भक्तजनहरु । फागुन महिनाको अन्तिम मंगलबार १५ वटा फूलका डोली चढाइएको छ । आफ्नो मानोकांक्षा पुरा भएको भन्दै तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवन लगायतका जिल्लाबाट बाजागाजासहित भक्तजनहरु फूलको डोली लिएर मन्दिर…
पुरा पढ्नुहोस -
१ चैत्र २०७९, बुधबार ११:०७गुन्द्रुक उत्पादन
इलामको रोङ गाउँपालिकामा सागको प्रशोधन गरी गुन्द्रुक तयार गरिँदै । तस्बिर : टीका खतिवडा/रासस
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०७९, सोमबार ११:२०ग्रामीण जनजीवन
जंगलबाट दाउरा लिएर घर आइपुगेका तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर छापका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाहरु खाना पकाउने लगायतका कार्यका लागि दाउराको प्रयोग गर्ने हुँदा प्रायः महिलाहरुले घरको कामसंगै जंगलबाट घाँस दाउरा समेत ल्याउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०७९, सोमबार ११:१४हिमपात पछिको मनाङ
मनाङ ङ्स्यिाङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि हिमपात परेको मनाङमा मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : रासस
पुरा पढ्नुहोस