फाेटाे फिचर
-
१५ माघ २०७९, आईतवार ११:४२खरको माग बढ्यो
कटेज निर्माणका लागि फेवातालबाट डुङ्गामा राखेर ताल पारी खर लैजाने तयारी गरिदै । पछिल्लो समय खरको छाना छाउने प्रचलन बढेपछि उक्त खर बर्दियाबाट ल्याइएको हो । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
पुरा पढ्नुहोस -
१५ माघ २०७९, आईतवार ११:३८आँखा उपचार शिविर
तनहुँको भानु नगरपालिका-१३ चन्द्रावतीमा शनिबार सञ्चालन गरिएको आँखा उपचार शिविरमा आँखा परीक्षण पश्चात चस्मा वितरण गरिदै । सपोर्ट एण्ड कियर, भरतपुर आँखा अस्पताल र भानु नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा १५० जना महिला र १५१ जना पुरुष गरी ३०१ जना सेवाग्राहीको आँखा उपचार…
पुरा पढ्नुहोस -
१३ माघ २०७९, शुक्रबार १२:१५सडकको स्तरोन्नती
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ को नमुना मोटर मार्गको स्तरोन्नती कार्यक्रम अर्न्तर्गत नाला र टेवा पर्खाला निर्माण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ माघ २०७९, शुक्रबार ११:४९परिचय पत्र बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय पत्रको लागि फोटोसहित फाराम भर्न लामबद्ध सेवाग्राही। दैनिक करिव ५० जनाले राष्ट्रिय परिचय पत्रको लागि फाराम भर्ने गरेपनि सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको गुनासो बढ्दै गएको छ । तस्बिर : पूर्ण विक/रासस
पुरा पढ्नुहोस -
१३ माघ २०७९, शुक्रबार ११:४७होर्डिङ बोर्ड हटाइदै
तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाइँदै । गाउँपालिकाको नेतृत्वमा बजारको सुन्दरता कायम राख्न मापदण्ड विपरितका बोर्ड हटाइएको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ माघ २०७९, बिहीबार ११:५९परालको गुन्द्री
तनहुँको व्यास नगरपालिका-१० की एक महिला परम्परागत रुपमा तान लगाएर परालको गुन्द्री बुन्दै । पछिल्लो समय परालको गुन्द्री बनाउने र प्रयोग गर्ने प्रचलन लोपहुँदै गएको छ । तस्विर : सविन लामिछाने/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ माघ २०७९, बिहीबार ११:४७जोखिमपूर्ण यात्रा
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिविरको छापमा दमौलीबाट असुरक्षित रुपमा छतमा समेत यात्रुराखेर गन्तव्य तर्फगुड्दै गरेको जीप । ग्रामीण क्षेत्रमा प्रयाप्त रुपमा यातायातका साधान सञ्चालन नहुँदा सर्वसाधारणले जोखिमपूर्ण रुपमा यात्रा गर्नुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०७९, बुधबार ११:३२सेती नदी किनारबाट बालुवा निकाल्दै
तनहुँको शुक्लागण्डकी नगरपालिकाको गाँछेपानी नजिकै सेती नदी किनारबाट बालुवा निकाल्दै खानी मजदुरहरु । नगरपालिकाले ९ वटा घाट खुल्ला गरेपनि क्रसर उद्योग बन्द हुँदा निकालिएको बालुवा सहजै नउठ्दा मजदुरहरुलाई दैनिकी चलाउन समस्या पर्न थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०७९, बुधबार ११:२४विद्यार्थीको साँस्कृतिक कार्यक्रम
तनहुँको म्याग्दे गाउँपालिकाको जामुने स्थित राधा माध्यमिक विद्यालयको ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै बालबालिका । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस