फाेटाे फिचर
-
१० मंसिर २०७८, शुक्रबार ११:४५(no title)
घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको व्यास नगरपालिकाको आयोजनामा बिहीबार दमौली बजारमा निकालिएको र्यालीमा सहभागी । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ मंसिर २०७८, बिहीबार ११:४९हिमालको काँखमा भलिबल प्रतियोगिता
हुम्लामा योङ्ग स्टार क्लबले आयोजना गरेको दशौं संस्करणको अन्तर गाउँपालिका भलिवल प्रतियोगिता खेलमा सिमकोट गाउँपालिका “ए” र “बि” महिला खेलाडी प्रतिस्पर्धा गर्दै । तस्विर : दाने बोहरा/रासस
पुरा पढ्नुहोस -
९ मंसिर २०७८, बिहीबार ११:४७दमौली अस्पताल आसपास सरसफाई
नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान तनहुँको दमौली अस्पताल आसपास बुधबार सरसफाई गर्दै । नेकपा एमालेको दशौं महाधिवेशनको सन्दर्भमा अखिलका कार्यकर्ताले दमौली अस्पताल आसपास सरसफाई गरेका हुन् । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७८, मंगलवार ११:४३गन्तव्य तर्फको यात्रा
तनहुँको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथिको झोलुङ्गु पुल तर्दै गरेका एक वृद्धा र युवती । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७८, मंगलवार ११:४१बालबालिकालाई खोपसंगै सरसफाई सचेतना
तनहुँको आँवुखैरेनी स्वास्थ्य चौकीमा बालबालिकालाई नियमित खोप लगाउन आएका अभिभावकहरु । स्वाथ्य चौकीले नियमित खोप मार्फत सरसफाइ प्रबर्द्धन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ मंसिर २०७८, सोमबार १५:५५एकल तथा दलित महिलालाई मौरीघार
तनहुँको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल विभिन्न वडाका एकल तथा दलित महिलालाई मौरी घार वितरण गर्दै । उपमेयरसँग विपन्न दलित तथा एकल महिला कार्यक्रम अन्तर्गत नगरपालिकाका वडा नम्बर ४, ५, ७, ८ र ९ का विपन्नलाई मौरी घार वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ मंसिर २०७८, शनिबार १३:००पराल थन्काउँदै कृषक
तनहुँको व्यास नगरपालिका-५ स्थित साँगेफाँटमा धान काटेपछि दाही हालेर धानपराल छुट्याएपछि परालको भारी हाल्दै कृषकहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ मंसिर २०७८, शनिबार १२:४९विद्यार्थीलाई कोभिड सचेतना
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित छब्दी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित विद्यालय स्वास्थ्य शिक्षा तथा कोभिड-१९ सचेतना कार्यक्रम । फूलबारी सेवा केन्द्र शुक्लागण्डकीले आयोजना गरेको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीको स्वास्थ्य परीक्षण समेत गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ मंसिर २०७८, शुक्रबार ११:४४तनहुँ हाइड्रोपावरको निर्माणाधिन पावर हाउँस
तनहुँको ऋषिङ गाउँपालिका-१ कोइदिममा निर्माणाधिन १४० मेगावट क्षमताको जलविद्युत आयोजनाको अन्डरग्राउण्ड पावर हाउँस निर्माणाधिन स्थलमा काम गर्दै इन्जिनियर तथा मजदुरहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस