फाेटाे फिचर
-
११ भाद्र २०७८, शुक्रबार १२:५८सामुहिक रुपमा तरकारीको विरुवा उत्पादन
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ को बगैंचा कृषक समुहले सामुहिक रुपमा उत्पादन गरेको तरकारीको विरुवा । वडा कार्यालयको सहयोगमा कृषक समुहले बाँझो जमिनको उपयोग गरी बाउली, बन्दा र ब्रोकाउलीको विरुवा उत्पादन गरी बिक्री वितरणको तयारी गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ भाद्र २०७८, बुधबार ११:२२मास छर्ने तयारी गर्दै घिरिङको कृषक
तनहुँको घिरिङ गाउँपालिका-४ गड्यौलीटारका कृषक मास र्छन बारी जोत्दै । यहाँका अधिकांश कृषक मकैबाली भित्र्याए लगतै मास खेती गर्ने गर्छन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ भाद्र २०७८, मंगलवार ११:५५व्यासका विद्यार्थी र व्यवसायीलाई कोभिड विरुद्धको खोप
तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा सोमबार कोभिड विरुद्धको खोप लगाउन पालो पर्खेर बसेका विद्यार्थी र व्यवसायी । नगरपालिकाले १८ वर्ष उमेर नाघेका कक्षा १२ को परीक्षा दिने विद्यार्थी ५९९, दोस्रो खोप लगाउन छुटेका ५५ र २९८ व्यवसायी गरी ९४१ जनालाई कोरोना विरुद्धको एक्स्ट्राजेनीका खोप लगाइएको…
पुरा पढ्नुहोस -
८ भाद्र २०७८, मंगलवार ११:४०बन्दिपुरका विपन्न समुदायलाई राहत सामाग्रि
तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ र ३ का चेपाङ, भुजेल, गुरुङ लगायतका ५८ विपन्न घर परिवारलाई राहत सामाग्रि उपलब्ध गराउँदै गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ । असल छिमेकी नेपाल पोखराले प्रति परिवार चामाल, दाल, तेल, नुन, बाल्टिनका साथै सरसफाईका सामाग्रि सहयोग गरेको थियो । तस्विर…
पुरा पढ्नुहोस -
७ भाद्र २०७८, सोमबार ११:५९भिमादका पुरोहित (ब्राम्हण)हरु जनैमन्त्रण गर्दै
तनहुँको भिमाद नगरपालिकाका पुरोहितहरु श्रावण शुक्ल पूर्णिमाकाका अवसरमा आइतबार बिहान जनैमन्त्रण गर्दै । यस पर्वका अवसरमा रक्षावन्धन, जनै पूणिर्मा (ऋषि तर्पणी) नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइन्छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्…
पुरा पढ्नुहोस -
७ भाद्र २०७८, सोमबार ११:४७झापुटारमा अस्थायी पुल
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थलमा अस्थायी पुल बनाइँदै । निर्माणस्थलमा सवारी साधनमार्फ् सामग्री लैजान अस्थायी पुल बनाइएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ भाद्र २०७८, सोमबार ११:२२तनहुँ र लमजुङ जोड्ने रिस्तीखोलामाथीको निर्माणाधीन पुल
तनहुँको व्यास नगरपालिका-८ र लमजुङको मध्यनेपाल नगरपालिका-१ आमचौर जोड्ने रिस्तीखोलामाथि निर्माण हुँदै गरेको पक्की पुल । गण्डकी प्रदेश सरकारको चार करोड ४७ लाख रुपैयाँको लागतमा पुल निर्माण भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ भाद्र २०७८, आईतवार १३:४७सडकको गुणस्तर परीक्षण
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित सत्रसय आँधीमूल बाटोमा गाउँपालिकाले गरेको कालोपत्रेको गुणस्तर परीक्षण गर्दै प्राविधिक । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ भाद्र २०७८, आईतवार १३:२३कृषकलाई मौरी घार
तनहुँको भिमाद नगरपालिकाका कृषकलाई मौरी घार वितरण गर्दै नगर उप-प्रमुख शारदा खनाल । कृषकलाई आत्मनिर्भर बनाउन नगरपालिकाले मौरी घार वितरण गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस