फाेटाे फिचर
-
६ जेष्ठ २०७८, बिहीबार १२:४४हराएका गुरुङ ३४ वर्षपछि घर फर्किए
तनहुँको बन्दिपुर गाउँपालिका-६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । काठमाडौंको सडकमा बेवारिसे अवस्थामा भेटिएका गुरुङले आफ्नो घर तनहुँ बताएपछि केही युवाहरुले उनलाई उद्धार गरी बुधबार बन्दिपुर गाउँपालिकामा ल्याएर बुझाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ जेष्ठ २०७८, बुधबार १३:२०घैया धानको गोडमेल
तनहुँको बन्दिपुर गाउँपालिका-५ कलचोकका कृषक महिलाहरु पाखोबारीमा लगाइएको घैया धानको गोडमेल गर्दै । सिंचाई नभएको पाखो बारीमा छरुवा धान घैयाको खेती गरिन्छ । घैयाको भात र चिउँरा स्वादिलो हुने भएपनि यसको खेतीका लागि बढि जनश्रम लाग्ने तथा चामाल आयत बढ्दै गएपछि पछिल्लो समय घैया खेती…
पुरा पढ्नुहोस -
५ जेष्ठ २०७८, बुधबार १२:५९शुक्लागण्डकीका योजना अनुगमन
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत तनहुँको शुक्लागण्डकी-३ को भुलभुलेबाराही मोटरमार्ग अन्तरगत गाछेपानीमा नाली निर्माण गर्दै निर्माणकर्मीहरु । उक्त योजनाको तनहुँ निर्वाचन क्षेत्र नं. २(१) गण्डकी प्रदेशकी सांसद आशा कोइराला नेतृत्वको अनुगमन समितिले अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ जेष्ठ २०७८, मंगलवार १३:३०सवारी पासको चेकजाँच
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली स्थित भोर्लेटारचोकमा सवारीको पासको चेकजाँच गर्दै सुरक्षाकर्मीहरु । तनहुँमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गरी कडाइ गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ जेष्ठ २०७८, सोमबार १२:४३साँगे खोलामा माछा मार्दै
तनहुँको व्यास नगरपालिका-५, साँगे खोलामा माछा मार्दै महिलाहरु । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३१ बैशाख २०७८, शुक्रबार १२:३१निषेधाज्ञामा हिड्नेलाई सोधपुछ
दोश्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसंगै रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको समयमा हिड्डुल गर्नेलाई सोधपुच्छ गर्दै सशस्त्र प्रहरी । निषेधाज्ञा उल्लंघन गरी मानिसहरु हिड्डुल गर्न थालेपछि दमौलीमा सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ । तस्विर :…
पुरा पढ्नुहोस -
३१ बैशाख २०७८, शुक्रबार १२:०५मिर्लुङकोट क्षेत्रको रमणीय केही दृश्यहरु (फोटोफिचर)
तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोटको काँखमा अबस्ति भानु नगरपालिका-१३ को ग्रामीण बस्ति टुटेपानी र बास्पानी गाउँ । गुरुङ समुदायको बसोवास रहेको यी गाउँमा ग्रामीण पर्यटन प्रवर्द्धनमा नमुना होमस्टे बन्दै गएका छन् । गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा विकास भएको टुटेपानी नमुना सामुदायिक होमस्टे कोरोना कहरको…
पुरा पढ्नुहोस -
३० बैशाख २०७८, बिहीबार ११:३६फलफूल खरिद बिक्री
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजार स्थित चन्द्रावतीचोकमा फलफूल खरिद बिक्री गरिदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ बैशाख २०७८, बुधबार ११:३५तरकारी खरिद बिक्री
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा मंगलबार बिहान तरकारी खरिद गर्दै उपभोक्ताहरु । जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाका कारण बिहान ५ देखि ९ बजेसम्म अत्यावश्यक वस्तु खरिद बिक्रीका लागि समय तोकेसंगै स्थानीय तरकारी उत्पादक एवं व्यवसायीहरुले डुम्रे बजार क्षेत्रमा घरघरमै…
पुरा पढ्नुहोस