घैया धानको गोडमेल
तनहुँको बन्दिपुर गाउँपालिका-५ कलचोकका कृषक महिलाहरु पाखोबारीमा लगाइएको घैया धानको गोडमेल गर्दै । सिंचाई नभएको पाखो बारीमा छरुवा धान घैयाको खेती गरिन्छ । घैयाको भात र चिउँरा स्वादिलो हुने भएपनि यसको खेतीका लागि बढि जनश्रम लाग्ने तथा चामाल आयत बढ्दै गएपछि पछिल्लो समय घैया खेती लोप हुँदै गएको छ । तस्विर : डीपी अधिकारी/भञ्ज्याङ










