फाेटाे फिचर
-
१४ चैत्र २०७७, शनिबार १२:२२बन्दिपुरमा आन्तरिक पर्यटक
तनहुँको बन्दिपुरमा घुम्न आएका आन्तरिक पर्यटक । कोरोना कहरका थल परेको यहाँको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको चहलपहल बढेसंगै चलायमान हुन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ चैत्र २०७७, शुक्रबार ११:५१ढुंगाको व्यवसाय
तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा घरको भित्तामा टाँस्ने ढुंगा मेशिनबाट कटिङ गर्दै कामदारहरु । विशेष गरी बजार क्षेत्रमा निर्माण हुने घरमा यो ढुंगाको प्रयोग बढ्दो छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ चैत्र २०७७, शुक्रबार ११:१६लोपोन्मुख घुमाउने घर
लमजुङको राइनास नगरपालिका-९, राइनासमा रहेको परम्परागत शैलीको घुमाउने घर । संरक्षण अभाव र वेवास्ताका कारण हराउँदै गएका यस्ता घरहरुको यति बेला नयाँ पुस्ता र पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१३ चैत्र २०७७, शुक्रबार ११:१२विद्यालयबाट घर फर्कदै
तनहुँको बन्दिपुर गाउँपालिकाको बन्दिपुर स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु विद्यालयको पढाइ सकेर घर फर्कदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ चैत्र २०७७, बिहीबार ११:३२बन्दिपुरको चिनो
पर्यटकीय नगरी तनहुँको बन्दिपुर घुम्न आएका आन्तरिक पर्यटकहरु चिनो स्वरुप टोपी किन्दै । कोरोना कहरका कारण थलापरेको बन्दिपुरमा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ चैत्र २०७७, बुधबार ११:२२विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा
तनहुँको भिमाद नगरपालिका-५ ऋषिङपाटन स्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका विषयमा जानकारी गराइदै । विद्यालयमा भिमाद आयुर्वेद औषधालयले आयुर्वेद तथा योग शिक्षाका विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० चैत्र २०७७, मंगलवार ११:५५ज्येष्ठ नागरिकलाई परिचयपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका-३ का ज्येष्ठ नागरिकलाई सोमबार परिचयपत्र वितरण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल । गाउँपालिकाले आइतबारदेखि ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण सुरु गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ चैत्र २०७७, सोमबार ११:१४ऋषिङको कौरहा नृत्य
तनहुँको ऋषिङ गाउँपालिका-७ कोटदरबारका महिलाहरु गाउँपालिका परिसरमा कौरहा नृत्य प्रस्तुत गर्ने तयारी गर्दै । तस्विर सौजन्य : स्टोरी साइकल
पुरा पढ्नुहोस -
९ चैत्र २०७७, सोमबार ११:०७दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई राहत रकम
शिक्षक कल्याणकारी कोष तनहुँले दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई उपलब्ध गराएको राहत रकमको चेक हस्तान्तरण गर्दै जिल्ला समन्वय प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्तिरमण वाग्ले । कोषले उपचाररत शिक्षकहरुको शीघै स्वास्थ्य लाभको कामना गर्दै दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई आइतबार ३ लाख ९२ हजार…
पुरा पढ्नुहोस