फुसको छानो विस्थापन अभियान

तनहुँको बन्दिपुर गाउँपालिकाले फुसको छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाले १९२ घर परिवारलाई प्रतिघर ५० हजार रुपैयाँ आर्थिक सहयोग गरी फुसको छानोको सट्टा जस्तापाता उपलब्ध गराउने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाले उक्त सुविधा लिनका लागि वैशाख १५ गते भित्र सम्झौता गर्न अनुरोध गरेको छ । तस्विर : भञ्ज्याङ










