अर्थ
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो…
पुरा पढ्नुहोस -
भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा
काठमाडौं । साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ । होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको…
पुरा पढ्नुहोस -
भिमादस्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता
दमौली : निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुवानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग…
पुरा पढ्नुहोस -
फागुपूर्णिमाका दिन डुम्रे महोत्सवमा “ब्ल्याकफेदर”को लाइभ कन्सर्ट
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा फागुपुर्णिमका दिन शुक्रबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदरको लाइभ कन्सर्ट हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित ब्ल्याकफेदरको कन्सर्ट राखिएको संयोजक श्रेष्ठले…
पुरा पढ्नुहोस -
तनहुँको डुम्रे महोत्सवमा सुनामी खेल खेल्न पाइने
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा सुनामी खेल खेल्ने पाइने भएको छ । दर्शकको चाहना र महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ ल्याइएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए । सुनामी खेल खेल्न पहिलो दिन सोमबार दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महोत्सवमा डुङ्गा…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडक : रेखाङ्कन गरिएको करिब ५५ वर्षपछि चार लेनमा विस्तार हुँदै
तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड करिब ५५ वर्षपछि विस्तार भइरहेको छ । दुई लेनमा रहेको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाले तनहुँको सदरमुकाम दमौली बजारक्षेत्रमा…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन माग
दमौली : तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा…
पुरा पढ्नुहोस -
तालिम पाएपछि बन्दीपुरका महिलाहरु च्याउखेती गर्दै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन्। उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ,…
पुरा पढ्नुहोस -
चौथो डुम्रे महोत्सव : आज हमाल, शाही, राना लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहने
तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा आज आइतबार शिव हमाल, सुस्मा शाही ठकुरी, सन्जिव सिंह राना, गंगा श्रेष्ठ, सन्तोष भुषाल लगायतका कलाकाहरुको सांगितिक प्रस्तुती रहने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले जानकारी गराएका छन् । महोत्सवमा हरेकदिन चर्चित कलाकार आएपछि दर्शकको चाप पनि बढ्दै गएको उनले बताए ।…
पुरा पढ्नुहोस -
म्याग्देमा कोल्ड स्टोर्स भवन उद्घाटन
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले निर्माण गरेको कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । वडा नं. ३ स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकहरूले यो भवनबाट लाभ लिन सक्नुपर्ने बताए । ‘कोल्ड स्टोर्सको निर्माण पछि कृषकहरूले आफ्नो उत्पादनको सुरक्षा गर्न सक्नेछन् र उत्पादनका वस्तुहरूको उचित मूल्य…
पुरा पढ्नुहोस