स्वास्थ्य/जीवनशैली
-
म्याग्देमा ग्रामीण भिडियो एक्स-रे सेवा
तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामीण भिडियो एक्स-रे मेसिनबाट गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको हो । गाउँपालिकाको सहयोगमा मंगलबारदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएपछि अब भिडियो एक्सरे सेवाका लागि…
पुरा पढ्नुहोस -
तनहुँको आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम
तनहुँको दमौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । गण्डकी प्रदेश स्तरीय बार्षिक समिक्षामा आर्थिक बर्ष २०७९/०८० मा तनहुँको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो । उक्त आर्थिक बर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अकुपंचर…
पुरा पढ्नुहोस -
बन्दीपुरको रामकोटका ज्येष्ठ नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा
बन्दीपुर गाउँपालिकाको वडा नं. ३ रामकोटमा ज्येष्ठ नागरिकहरुलाई घर गाउँमै स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाको वार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत रामकोटबाट पहिलोपटक यो सेवा सुरु गरिएको हो । पालिकाको प्रत्येक वडावडामा स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अनुसार अगाडि…
पुरा पढ्नुहोस -
डेङ्गु संक्रमणको “हटस्पोट” बन्दै दमौली, दैनिक सयको हाराहारिमा लक्षण सहितका संक्रमित भेटिदै
तनहुँको सदरमुकाम दमौली डेङ्गु संक्रमणको हटस्पोट बन्दै गएको छ । बिगत हप्त दशदिन यता व्यास नगरपालिकाको शहरी क्षेत्रमा डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँ, व्यास नगरपालिका तथा अन्य सरोकारवाला निकायले डेङ्गु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि ‘खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गरेपनि खासै प्रभावकारी बन्न…
पुरा पढ्नुहोस -
ढोरपाटनमा मगर भाषा लोप हुँदै
ढोरपाटन (बागलुङ) : दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले…
पुरा पढ्नुहोस -
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा…
पुरा पढ्नुहोस -
कसरी चिन्ने विषालु च्याउ ?
‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै
गण्डकी : गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो । पछिल्लो जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको…
पुरा पढ्नुहोस -
१० कारण, जसले निम्त्याउँछ मोटोपन
मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् । यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु…
पुरा पढ्नुहोस -
अल्सरको उपचार कसरी गर्ने ?
पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ । ग्यास्ट्राइटिस र हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण) का कारण हुने गर्छ…
पुरा पढ्नुहोस