स्वास्थ्य/जीवनशैली
-
आयुर्वेद चिकित्सामा पोषणको महत्व
परिचय आयुर्वेद केवल रोगको उपचार गर्ने पद्धति मात्र नभएर यो मानव जीवनको समग्र स्वास्थ्य र जीवनशैलीको विज्ञान हो । यसको मुख्य सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम्” अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु हो । यस उद्देश्य प्राप्तिका लागि आयुर्वेदले आहार (पोषण), विहार (जीवनशैली)…
पुरा पढ्नुहोस -
बन्दीपुर गाउँपालिकामा स्वास्थ्य सेवा : विस्तार प्रयास, उपकरण र बजेट अभाव
सुरेन्द्र बहादुर थापा अध्यक्ष : बन्दीपुर गाउँपालिका बन्दीपुर गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच विस्तार र गुणस्तर सुधारका लागि बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २४सैं घण्टा अस्पताल सेवा, निःशुल्क टिकट व्यवस्था, घरदैलो स्वास्थ्य पहुँच र स्वास्थ्य बीमा विस्तारजस्ता पहलले सकारात्मक प्रभाव देखिए पनि उपकरण अभाव, बजेट सीमितता र समन्वयको कमी प्रमुख…
पुरा पढ्नुहोस -
एलोप्याथिक उपचारबाट आजित बिरामीको आशाको केन्द्र बन्दै आयुर्वेदिक चिकित्सालय
तनहुँको प्रदेश आयुर्वेद चिकित्सालय दमौली पछिल्लो समय बिरामीको भरोसा र आकर्षणको केन्द्र बन्दै गएको छ । एलोप्याथिक औषधी सेवनबाट दीर्घकालीन रूपमा आजित भएका बिरामीहरू अहिले आयुर्वेदिक उपचारतर्फ आकर्षित हुँदै यहाँ उपचारका लागि आउने क्रम बढेको हो । ‘तनहुँसहित लमजुङ, कास्की, चितवन, गोरखा र पर्वत लगायत जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि…
पुरा पढ्नुहोस -
भानु नगरपालिकाको स्वास्थ्य क्षेत्र : भौतिक पूर्वाधार भएपनि दक्ष जनशक्ति र आवश्यक दरबन्दी अभाव
आनन्दराज त्रिपाठी नगरप्रमुखः भानु नगरपालिका तनहुँको भानु नगरपालिकाले नागरिकलाई मौलिक अधिकारका रूपमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्रका विभिन्न नीतिगत कार्यक्रम तयार गरी सेवा प्रवाह गर्दै आएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य सेवा विस्तार, पहुँच वृद्धि र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् । नगरप्रमुख त्रिपाठीका अनुसार…
पुरा पढ्नुहोस -
व्यासले सञ्चालनमा ल्यायो १५ शय्याको ‘व्यास नगर अस्पताल’ : गुणस्तरीय सेवा दिन नगरप्रमुख न्यौपानेको जोड
दमौली : तनहुँको व्यास नगरपालिकाले १५ शय्याको ‘व्यास नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ । वडा नं. १० स्थित दुम्सीबजारमा निर्माण सम्पन्न १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवनमा बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। उक्त अस्पताल भवनको नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक समारोहबीच उद्घाटन गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले…
पुरा पढ्नुहोस -
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र : विश्वसनीय र पहुँचयोग्य केन्द्रको रूपमा स्थापित हुँदै
डा. रामकुमार श्रेष्ठ कार्यकारी निर्देशकः जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र, तनहुँ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र जिल्ला र आसपासका क्षेत्रका लागि जीवनदायिनी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हाल ५० बेडको जनरल अस्पतालको रूपमा सञ्चालन भइरहेको यस केन्द्रले निकट भविष्यमा विशेष रूपमा श्वासप्रश्वास…
पुरा पढ्नुहोस -
आँबुखैरेनी गाउँपालिका : स्वास्थ्य सेवा विस्तारसंगै विशेषज्ञ र समुदायमुखी कार्यक्रम
‘भवनभन्दा सेवा ठूलो’ भन्ने सन्देशका साथ स्वास्थ्य सेवा उपलब्ध गरेका छौं : अध्यक्ष चुमान शुक्र चुमान अध्यक्षः आँवुखैरेनी गाउँपालिका आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज, सर्वशुलभ र पहुँचयोग्य बनाउने गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यही उद्देश्यका साथ गाउँपालिकाका पूर्ण लगानी र व्यवस्थापनमा सञ्चालन गरिएको आँबुखैरेनी अस्पताल यतिबेला ग्रामीण स्वास्थ्य सेवाको…
पुरा पढ्नुहोस -
सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिंदै दमौली अस्पताल
डा. परिवर्तन बराल मे.सु. : प्रदेश अस्पताल दमौली तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल विस्तारको तयारीमा रहेको छ। सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिँदै आएको अस्पतालले हाल १५ शय्याको स्वीकृति पाए पनि ५० शय्यामा सेवा सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको र…
पुरा पढ्नुहोस -
भिमाद प्राथमिक स्वास्थ्य केन्द्र : भवन र जनशक्ति अभावका चुनौतीबीच सेवा दिंदै
डा. सुदन अधिकारी प्रमुख : भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तनहुँको भिमाद नगरपालिका–६ मा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले सीमित स्रोतसाधनका बाबजुद दैनिक १५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । केन्द्रका प्रमुख डा. सुदन अधिकारीले भवन अभाव र जनशक्ति कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताए । वि.सं. २०५२…
पुरा पढ्नुहोस -
देवघाट गाउँपालिकामा स्वास्थ्य सेवा : उपलब्धी उत्साहजनक, चुनौती यथावत्
देवघाट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ र जनमुखी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम तय गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले सबै वडामा आधारभूत तथा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राख्दै सेवा पहुँच विस्तार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए ।…
पुरा पढ्नुहोस