कांग्रेस तनहुँको अधिवेशन : जितप्रकाश आले निर्वाचित (मतपरिणाम सहित)

नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आले बिजयी भएका छन् । १ हजार ७८२ कुल मत खसेकोमा आलेले ९५१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी निवर्तमान सभापति एवं व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गरेका छन् । आलेले न्यौपानेलाई १६८ मतान्तरले पराजित गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराइ र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको र्समर्थनमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका आलेको प्यानलबाट सह-सचिवमा एक जना बाहेक सबै विजयी भएका छन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेल निकट समुहबाट न्यौपानेको प्यानले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । न्यौपानेको प्यानलबाट सहसचिवमा मिलन आले निर्वाचित भएका छन् ।
वडा, पालिका, प्रदेश, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनसम्म दुइ समुहबीच भएको प्रतिस्पर्धामा उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणामलाई विश्लेषण गर्दा गृहजिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल कम्जारे बनेको चर्चा चलेको छ ।

जिल्ला नेतृत्व चयनका लागि शनिबार भएको मतदान आइतबार बिहान १० बजेटबाट गणना गरिएको थियो । मतगणना पश्चात सार्वजनिक मत मरिणाम अनुसार जिल्ला उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठले ९०७ मत र देवकुमार श्रेष्ठ ८७६ प्राप्त गरी बिजयी भएका छन् । उनिहरुका प्रतिष्पर्धी उदयराज गौलीले ७२१ र किसान गुरुङले ८६६ मत प्राप्त गरेका छन् ।
सचिवमा लक्ष्मीभक्त खनालले १०२० र सहदेव अधिकारी ८१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी केशबहादुर सुनारले ७२७ र मोहन गिरिले ८०७ मत पाएका छन् । सचिव खनालले सबै भन्दा बढी मत प्राप्त गरेका छन् ।
यस्तै, सहसचिवमा मिलन आलेले ९२० मत र परमेश्वर भट्टर्राईले ८५९ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी हुतमणि अधिकारीले ७७६ मत र धिरेस खनालले ७७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत फणिन्द्र कोइराललो जानकारी गराएका छन् ।
जिल्ला अधिवेशनमा १ हजार ८१६ प्रतिनिधि मध्ये १ हजार ७८३ मत खसेको थियो । तनहुँ क्षेत्र नं. १ बाट ९२५ मत र क्षेत्र नं. २ बाट ८५८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।










