खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली : जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।
यही पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका लागि नगरपालिकाले अनुमति दिएपछि युवाहरूले महोत्सव गर्न नदिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
नगरपालिकाको रु ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनि पाइप राख्ने, प्यारापिट बनाउनेलगायत काम भए पनि मेला/महोत्सव आयोजना हुँदा खेलमैदान बिग्रने भुवन गोशलीले बताउनुभयो । यहाँ मेला/महोत्सव सञ्चालन गर्ने सङ्घसंस्थालाई वैकल्पिक ठाउँको खोजी गर्न आग्रह गरिएको उहाँको भनाइ छ ।
जिल्लास्थित विभिन्न युवा क्लबका तर्फबाट गोशलीले नगरप्रमुख न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते खेलमैदानमा महोत्सव गर्न लागिएकामा उक्त कार्य रोकी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त स्थानमा मेला, महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकुद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।” नगरपालिकाका तर्फबाट खेलमैदानलाई स्तरोन्नति गर्न पटकपटक गरी रु ६० लाख लगानी गरिसकिएको जनाउँदै गोशलीले खेलमैदानमा महोत्सव गर्न रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय वासु सापकोटाले युवाहरू जागरुक भएर खेलमैदान संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नो पुस्ताले खेलमैदानको अभावमा खेलका गतिविधि सञ्चलन गर्न, खेल्न नपाएको बताउँदै मैदान संरक्षण नगरे अबको पुस्ताको अवस्था त्यस्तै हुने धारणा राख्नुभयो ।
सोही कारणले खेलका गतिविभि नियमित गर्न र युवा खेलाडीका लागि अवसर सृजना गर्न खेलमैदान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सापकोटाले भन्नुभयो, “खेलमैदानलाई खेलमैदान मात्रै बनाइनुपर्छ, आज एउटा पक्षले दबाब दिएर महोत्सव गर्ला, भोलि फेरि अर्को आउँला । अब खेलमैदानलाई राजनीति गर्ने ठाउँ बनाउन दिँदैनौं ।”
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको जनाउँदै महोत्सवबाट प्राप्त हुने रकम खेलमैदानको स्तरोन्नतिमा खर्च गरिने जानकारी दिनुभयो । दुवै पक्षसँगको बैठक बसी सहमति निकाल्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख न्यौपानेले भन्नुभयो, “मैदान नबिग्रार्ने सहमतिमा आयोजक पक्षले प्रतिबद्धता जनाएकाले अन्तिम पटकका लागि भनेर निर्णय गरेका हौँ । दुवै पक्ष बसेर सहमतिको निकास निकाल्नुपर्छ ।” युवाको माग र भावनामा आफू पनि सहमत रहेको बताउँदै उहाँले मेला/महोत्सवले मैदान आसपासका सरकारी कार्यालयमा समेत असर पारेको स्वीकार गर्नुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker