परदेशमा तन, स्वदेशमा मन
रविन राघव कार्की

नेपाली समाजको पछिल्लो तीन दशकमा राम्रा नराम्रा धेरै फेरबदल भएका छन । राजनितीक दलहरुका धेरै अबगुणहरु पनि होलान तर सकरात्मक नकरात्मक दु्वै खालका परिबर्तनको जस अपजसका भागिदार पनि तीनै राजनितीक दलहरु हुन । पछिल्ला दशकहरुमा अवसर अध्ययन र रोजगारको खोजीमा नेपालीहरुको विदेशिने क्रम पनि उत्तिकै बढदो छ । यसको पनि राम्रा र नराम्रा दुबै पक्षहरु छन ।
विदेशिनुका कारणः
२०५६ को दशकलाई हेर्न हो भने एका तीर देश भर्खर राजनितीक, सामाजिक परिबर्तनको दिशातर्फ बामे सर्दै थियो भने अर्कातर्फ तत्कालिन माओबादीले छेडेको शशस्त्र संघर्षको चपेटामा पनि चेपिएको थियो । त्यो समयमा देशमा हुनुपर्ने जति आर्थिक बिकास र भौतिक पुर्वाधार निर्माणको कामले गति लिन सकेन । अर्थात बिकास माओबादी हिंसाको शिकार बन्न पुग्यो । तसर्थ त्यो समय हाम्रो आर्थिक क्रियाकलाप साचेजति आधुनिक, बिकसित र प्रभावकारी बन्न सकेन । अधिंकांश मानिस को जिवनाचार्या निर्बाहमुखी खेतीपातीमा सिमित रहयो । कति द्वन्द्वको कारण गाउँदेखि देश नै छाडेर शरणर्थी हुन पनि विवश भए ।
द्धन्द्धले चेपिए पनि वि सं २०४६ देखि २०५६ सम्मको दशकमा मुल्य बृद्धीको दर भने धेरै न्युन थियो । यसको मुलभुत कारण भनेको सो समयमा हिजोआजको जस्तो आर्थिक कारोबार कम हुनु हो । अनि मानिस संग खरिद गर्नका लागि पर्याप्त पैसा नहुनु र अर्थतन्त्र सिमित मान्छेको पहुच र पावारमा रहनु पनि हो । तुलनात्मक रुपमा आधुनिक प्रबिधी, पहुच र बिकासमा पछि परेपनि जीवन गुजारा गर्ने सवालमा अहिले भन्दा धेरै कम मात्रमा चुनौती थियो। पैसा विना पनि सरसापाट र ऐचोपैचोले पनि जनजीवन चलेकै थियो ।
२०५६ देखि २०६६ सम्म को दशकमा देशमा उलटपुलट राजनितीक परिबर्तन त भयो तर वास्तविक गरिब निमुखा र पहुच विहिनहरुको जीवनस्तरमा कुनै फेरबदल भएन । यसको कारण हो राजनतीमा भित्रिएको अस्वस्थ प्रतिस्पर्धा, राजनीतिको अपराधीकरण र ब्यापारी करण । सो दशकमा भनिएको लोकतान्त्रिक अभ्यासले धनीलाई झन धनी र गरिबलाई थप कमजोर बनायो भन्दा फरक पर्दैन । बहुदलीय राजनीतिक प्रतिस्पर्धाको नाममा हुर्किएको कुरीती, कुसंस्कार, विकृती विसंगतीले आम भुइ मान्छेको जनजीवन लाई माथी उठाउने सवालमा कुनै अर्थ राखेको पाईदैन । यसको कारण हो बढदो भष्टाचारको पारो र स्वतन्त्रताको नाममा हुर्किएको स्वच्छन्दता। राजनितिक विकृतिको असर पत्यक्ष रुपमा जनजिवन र अर्थतन्त्रमा परयो ।
जसकारण मु्ल्य वृद्धि र बजार भाउ निमुखा र गरिबहरुले धान्नै नसक्ने गरि चुलियो । २०५६ देखि ६०/६१ सम्मको समयमा भने द्वन्द्वका कारण मध्यम वर्गीय गामिण बासिन्दाहरु शहरतिर विस्थापित हुन पुगे । श्रमिक तथा मजदुर वर्ग भने नचाहदा नचाहदै पनि माओवादि द्वन्द्वमा सामेल हुन पुगे जसकारण काम गर्ने दुबै थरिको वर्ग गाउँबाट विस्थापित भए । क्रमिक रुपमा कृषि उत्पादन घट्दै गयो । गाउँको जग्गा बाझो हुन थाले । परिणामतः देश खाद्यान्नमा समेत परनिर्भर बन्दै गयो । निर्यात भन्दा आयतको दर बढ्न थाल्यो । मुल्य वृद्धि चुलिनुको मूल कारण यहि नै थियो ।
२०६२/ ६३ को जनआन्दलोन पछि पनि यहि श्रृंखलाले निरन्तरता पायो । बढ्दो मुल्य वृद्धिको भारबाट बच्न मान्छेहरु स्तर अनुसारको देश रोज्दै युरोप, अमेरिका र खाडि मुलक तिर भासिन थाले । यता देशमा भने बाकी रहेका ध्रुतहरुले हालिमोहली गर्न थाले । तत्कालिन माओवादी जनयुद्धबाट मुलुकमा आमुल परिवर्तन हुने अपेक्षा राखेका मानिसको ठुलो हिस्सामा वितृष्णा पैदा भयो । पहुच र पावर विहिन सर्वसाधारणहरु देशमा केही नहुने भन्दै विदेशिन थाले । हो यीनै तितो यथार्थताका कारण ६० लाख भन्दा बढी नेपाली अहिले आफनो भाग्य र भविश्यका निम्ती विदेशिएका छन । अहिलेसम्म आइपुग्दा बैदेशिक रोजगारमा नेपाल बाट संसार भरका धनि र व्यापारी देशका बहु राष्ट्रिय कम्पनिहरुले खसि बोका छानिए जस्तै युवाहरुलाई कामदारको रुपमा लगिरहेका छन् ।
विश्वका अधिकांश देशमा नेपाली लैजान दलालहरु तछाड मछाड नै गर्ने गर्छन् । फलस्वरुप रेमिट्यान्स मात्र देशको प्रमुख आयश्रोत र अर्थतन्त्र धान्ने माध्यम बनेको छ । न्युन आय श्रोत भएका गरिब निमुखाको हातमा नगद त परेको छ तर त्यो पैसा खान र दैनिक जिवनयापनमा नै सकिने गरेको छ । यसको कारण स्वदेशमा उत्पादन नहुनु र मुल्य वृद्धि अप्रयासित रुपमा उक्लिनु नै हो । जुन उत्साह र उमंगका साथ विदेशी भुमिमा पाइला टेक्ने गरिएको छ । स्वेदेश फर्कदा भने आम्दानि खान र लाउनमा नै सिमित हुदा कयौ नेपाली रित्तो हात हुन समेत पुगेका छन ।
अनि विदेशीको वास्तविकताः
वर्षौदेखि सबै बसेकै छन् राम्रो गरेकै होलान् । सबैको राम्रै होला भन्ने सोचका साथ विदेश छिरिएको हुन्छ अनी शुरु हुने र्सर्ंघषले ५-६ वर्षवितेको पत्तै हुदैन । विस्तारै ५-६ वर्षपछि अस्थायी बसोबास परिवारको खुशी अनि नेपाल फर्केपछि पनि भविष्य सुनिश्चित नदेखेपछि स्वदेश र्फकने साहास कमैले गर्छन । अनि मन स्वदेशमा तन विदेशमा गरेर बस्नु पर्ने बाध्यता सिर्जना हुँदै जान्छ । हो आज लाखौ नेपाली यहि पिडाको विचमा विदेशी भुमीमा जीवनको उत्तर्रार्धसम्म बस्न विवश छन । यदि बिदेशमा जस्तै सुविधाको हकमा राज्यले स्वस्थ्य, शिक्षाको निशुल्क ग्यारेण्टी गर्ने अनि आम्दानीको आधारमा खर्च गरेर स्तरीय जीवन जीउन सक्ने वातबरण सिर्जना गर्न सके धेरैले पर्राईको देशलाई रोज्नु पर्ने थिएन ।
वास्तवमा हाम्रो राजनितीक प्रणाली बदलियो तर जनताको विवशता बदलिएन । हामी परदेशमा बस्नेहरुको पनि यहि नै हो बाध्यता अनि बिबशता पनि । आफ्नै गाउघर तिर र्फकने उत्कट इच्छा हुदा हुदै पनि केहि कमाएर केही लिएर जाने सपना सांच्दा सांच्दै धेरै आफनो जवानी सकि सकेका हुन्छन । जतीबेला फर्कने सोच बनाएका हुन्छौ त्यती बेला सम्म देशमा कहि गर्ने समाजमा योगदान पुरयाउने हिजोका चाहनाहरु अलपत्र बनि सकेका हुन्छन । आफनै सन्तती र बाबु आमाको इच्छा पुरा गर्न समेत ढिला गरी सकेका हुन्छौं । बास्तवमा देशमा केही सपना सांचेर थोरै समयका लागि परदेशिएका हामी अन्ततः विदेशमै पलायन हुन विवश भईरहेका छौं। यो आम बिदेशिएका नेपाली रहर मात्र नभई बाध्यात्म बिबशता बन्दै आएको छ ।
विदेशिनुको बाध्यता एक ठाउमा हुदाहुदै फेरी नेपालमा रहेका साथी भाई इष्टमित्रहरुले आफुहरु पति सोच्ने सोचाई फरक हुन पुग्छ । बिदेशमा बसेर सुखसयलको जीवन विताएको भम उनीहरुमा हुन्छ भने आफनो वास्तविकता बेग्लै हुन्छ । कतिले कमाएको, रमाएको र ठुला ठुला समुन्द्रको किनारमा बसेर खिचिएका क्षणिक फोटोलाई मात्र देख्छन त कतिले भुलिदिई सकेका पनि हुन्छन । तर हामो बाध्यता र विवशता फरक हुन्छ जुन स्वदेशमा बसेर अन्जानमा कोहि कसैले सोचेको छ । कैयन हामीहरु वल्लो घरबाट पल्लो घरमा रहेका आफन्तलाई भेटन महिनौ पतिक्षा गर्नपर्ने हुन्छ । फरक फरक कार्यक्षेत्र र ब्यस्तताका कारण श्रीमतीसंग भेटनै हप्त दिन नै पर्खनुपर्ने बाध्यता आईपर्न सक्छ ।
अझ महत्वपुर्ण त आफना बालबच्चाले छरछिमेक, इष्टमित्र र साथी संगीबाट सिक्ने कुराको जिम्मेवारी पनि आफैले बहन गर्नुपर्ने छ । अन्यथा बच्चाहरुको सामजिकिकरणको विकास समेत पभावित हुन सक्छ । निस्सासादो जिन्दगी र दौडधुपको यो चकको बारेमा कैयन पवासीहरु अभिब्याक्त गर्न नसकेर डिपेसनका शिकार पनि नभएका होइन्न । यो यथार्थतालाई बुझिदिने कसले । बास्तवमा धेरैको विदेश बर्साई रहर नभई बाध्यता नै हो । वास्तवमा मेरो बुझाइमा विदेशी जीवन भनेको धुलो मैलो शरिरलाई सुन्दर कपडा र अत्तरले आकर्षक बनाएर श्रृजना गरिएको भ्रम जस्तै हो ।
यता स्वदेशी जीवन भनेको सुन्दर शरीर हुदा पनि फोहोर र कमसल आबरणले कुरुप बनाइएको मात्र हो । हो अब सोच्न पर्ने बेला भएको छ, स्वदेशी जीवनमा देखिएको धुलोमैलो टकटकाउन पयास गर्नेकी विदेशी जीवनको कृत्रिम भ्रममा रमाउने । हो जीवनको उत्तरार्धमा घर न घाटको भएर बांच्नुपर्ने विवशताको अन्यका लागि हामी आफै पनि चनाखो हुन जरुरी छ । अनि राज्यलाई घचघच्याएर विदेशका रामा पक्ष लागु गर्न दवाव दिन जरुरी छ । जुन पयासले हामीले स्वदेशमै पनि स्तरीय जीवन जीउन सकियोस । सम्मानित भएर बांच्न सकियोस। हामै हिमाल पहाड र तर्राई मा हास्न र नाँच्न पाइयोस । यस तर्फ हामी परदेशीहरुले पनि ढिला नगरी सोचौ । विगतको विदेशिनु परेको बाध्यतालाई अब कम भंग गरौं ।










