परदेशमा तन, स्वदेशमा मन

रविन राघव कार्की

नेपाली समाजको पछिल्लो तीन दशकमा राम्रा नराम्रा धेरै फेरबदल भएका छन । राजनितीक दलहरुका धेरै अबगुणहरु पनि होलान तर सकरात्मक नकरात्मक दु्वै खालका परिबर्तनको जस अपजसका भागिदार पनि तीनै राजनितीक दलहरु हुन । पछिल्ला दशकहरुमा अवसर अध्ययन र रोजगारको खोजीमा नेपालीहरुको विदेशिने क्रम पनि उत्तिकै बढदो छ । यसको पनि राम्रा र नराम्रा दुबै पक्षहरु छन ।

विदेशिनुका कारणः

२०५६ को दशकलाई हेर्न हो भने एका तीर देश भर्खर राजनितीक, सामाजिक परिबर्तनको दिशातर्फ बामे सर्दै थियो भने अर्कातर्फ तत्कालिन माओबादीले छेडेको शशस्त्र संघर्षको चपेटामा पनि चेपिएको थियो । त्यो समयमा देशमा हुनुपर्ने जति आर्थिक बिकास र भौतिक पुर्वाधार निर्माणको कामले गति लिन सकेन । अर्थात बिकास माओबादी हिंसाको शिकार बन्न पुग्यो । तसर्थ त्यो समय हाम्रो आर्थिक क्रियाकलाप साचेजति आधुनिक, बिकसित र प्रभावकारी बन्न सकेन । अधिंकांश मानिस को जिवनाचार्या निर्बाहमुखी खेतीपातीमा सिमित रहयो । कति द्वन्द्वको कारण गाउँदेखि देश नै छाडेर शरणर्थी हुन पनि विवश भए ।

द्धन्द्धले चेपिए पनि वि सं २०४६ देखि २०५६ सम्मको दशकमा मुल्य बृद्धीको दर भने धेरै न्युन थियो । यसको मुलभुत कारण भनेको सो समयमा हिजोआजको जस्तो आर्थिक कारोबार कम हुनु हो । अनि मानिस संग खरिद गर्नका लागि पर्याप्त पैसा नहुनु र अर्थतन्त्र सिमित मान्छेको पहुच र पावारमा रहनु पनि हो । तुलनात्मक रुपमा आधुनिक प्रबिधी, पहुच र बिकासमा पछि परेपनि जीवन गुजारा गर्ने सवालमा अहिले भन्दा धेरै कम मात्रमा चुनौती थियो। पैसा विना पनि सरसापाट र ऐचोपैचोले पनि जनजीवन चलेकै थियो ।

२०५६ देखि २०६६ सम्म को दशकमा देशमा उलटपुलट राजनितीक परिबर्तन त भयो तर वास्तविक गरिब निमुखा र पहुच विहिनहरुको जीवनस्तरमा कुनै फेरबदल भएन । यसको कारण हो राजनतीमा भित्रिएको अस्वस्थ प्रतिस्पर्धा, राजनीतिको अपराधीकरण र ब्यापारी करण । सो दशकमा भनिएको लोकतान्त्रिक अभ्यासले धनीलाई झन धनी र गरिबलाई थप कमजोर बनायो भन्दा फरक पर्दैन । बहुदलीय राजनीतिक प्रतिस्पर्धाको नाममा हुर्किएको कुरीती, कुसंस्कार, विकृती विसंगतीले आम भुइ मान्छेको जनजीवन लाई माथी उठाउने सवालमा कुनै अर्थ राखेको पाईदैन । यसको कारण हो बढदो भष्टाचारको पारो र स्वतन्त्रताको नाममा हुर्किएको स्वच्छन्दता। राजनितिक विकृतिको असर पत्यक्ष रुपमा जनजिवन र अर्थतन्त्रमा परयो ।

जसकारण मु्ल्य वृद्धि र बजार भाउ निमुखा र गरिबहरुले धान्नै नसक्ने गरि चुलियो । २०५६ देखि ६०/६१ सम्मको समयमा भने द्वन्द्वका कारण मध्यम वर्गीय गामिण बासिन्दाहरु शहरतिर विस्थापित हुन पुगे । श्रमिक तथा मजदुर वर्ग भने नचाहदा नचाहदै पनि माओवादि द्वन्द्वमा सामेल हुन पुगे जसकारण काम गर्ने दुबै थरिको वर्ग गाउँबाट विस्थापित भए । क्रमिक रुपमा कृषि उत्पादन घट्दै गयो । गाउँको जग्गा बाझो हुन थाले । परिणामतः देश खाद्यान्नमा समेत परनिर्भर बन्दै गयो । निर्यात भन्दा आयतको दर बढ्न थाल्यो । मुल्य वृद्धि चुलिनुको मूल कारण यहि नै थियो ।

२०६२/ ६३ को जनआन्दलोन पछि पनि यहि श्रृंखलाले निरन्तरता पायो । बढ्दो मुल्य वृद्धिको भारबाट बच्न मान्छेहरु स्तर अनुसारको देश रोज्दै युरोप, अमेरिका र खाडि मुलक तिर भासिन थाले । यता देशमा भने बाकी रहेका ध्रुतहरुले हालिमोहली गर्न थाले । तत्कालिन माओवादी जनयुद्धबाट मुलुकमा आमुल परिवर्तन हुने अपेक्षा राखेका मानिसको ठुलो हिस्सामा वितृष्णा पैदा भयो । पहुच र पावर विहिन सर्वसाधारणहरु देशमा केही नहुने भन्दै विदेशिन थाले । हो यीनै तितो यथार्थताका कारण ६० लाख भन्दा बढी नेपाली अहिले आफनो भाग्य र भविश्यका निम्ती विदेशिएका छन । अहिलेसम्म आइपुग्दा बैदेशिक रोजगारमा नेपाल बाट संसार भरका धनि र व्यापारी देशका बहु राष्ट्रिय कम्पनिहरुले खसि बोका छानिए जस्तै युवाहरुलाई कामदारको रुपमा लगिरहेका छन् ।

विश्वका अधिकांश देशमा नेपाली लैजान दलालहरु तछाड मछाड नै गर्ने गर्छन् । फलस्वरुप रेमिट्यान्स मात्र देशको प्रमुख आयश्रोत र अर्थतन्त्र धान्ने माध्यम बनेको छ । न्युन आय श्रोत भएका गरिब निमुखाको हातमा नगद त परेको छ तर त्यो पैसा खान र दैनिक जिवनयापनमा नै सकिने गरेको छ । यसको कारण स्वदेशमा उत्पादन नहुनु र मुल्य वृद्धि अप्रयासित रुपमा उक्लिनु नै हो । जुन उत्साह र उमंगका साथ विदेशी भुमिमा पाइला टेक्ने गरिएको छ । स्वेदेश फर्कदा भने आम्दानि खान र लाउनमा नै सिमित हुदा कयौ नेपाली रित्तो हात हुन समेत पुगेका छन ।

अनि विदेशीको वास्तविकताः

वर्षौदेखि सबै बसेकै छन् राम्रो गरेकै होलान् । सबैको राम्रै होला भन्ने सोचका साथ विदेश छिरिएको हुन्छ अनी शुरु हुने र्सर्ंघषले ५-६ वर्षवितेको पत्तै हुदैन । विस्तारै ५-६ वर्षपछि अस्थायी बसोबास परिवारको खुशी अनि नेपाल फर्केपछि पनि भविष्य सुनिश्चित नदेखेपछि स्वदेश र्फकने साहास कमैले गर्छन । अनि मन स्वदेशमा तन विदेशमा गरेर बस्नु पर्ने बाध्यता सिर्जना हुँदै जान्छ । हो आज लाखौ नेपाली यहि पिडाको विचमा विदेशी भुमीमा जीवनको उत्तर्रार्धसम्म बस्न विवश छन । यदि बिदेशमा जस्तै सुविधाको हकमा राज्यले स्वस्थ्य, शिक्षाको निशुल्क ग्यारेण्टी गर्ने अनि आम्दानीको आधारमा खर्च गरेर स्तरीय जीवन जीउन सक्ने वातबरण सिर्जना गर्न सके धेरैले पर्राईको देशलाई रोज्नु पर्ने थिएन ।

वास्तवमा हाम्रो राजनितीक प्रणाली बदलियो तर जनताको विवशता बदलिएन । हामी परदेशमा बस्नेहरुको पनि यहि नै हो बाध्यता अनि बिबशता पनि । आफ्नै गाउघर तिर र्फकने उत्कट इच्छा हुदा हुदै पनि केहि कमाएर केही लिएर जाने सपना सांच्दा सांच्दै धेरै आफनो जवानी सकि सकेका हुन्छन । जतीबेला फर्कने सोच बनाएका हुन्छौ त्यती बेला सम्म देशमा कहि गर्ने समाजमा योगदान पुरयाउने हिजोका चाहनाहरु अलपत्र बनि सकेका हुन्छन । आफनै सन्तती र बाबु आमाको इच्छा पुरा गर्न समेत ढिला गरी सकेका हुन्छौं । बास्तवमा देशमा केही सपना सांचेर थोरै समयका लागि परदेशिएका हामी अन्ततः विदेशमै पलायन हुन विवश भईरहेका छौं। यो आम बिदेशिएका नेपाली रहर मात्र नभई बाध्यात्म बिबशता बन्दै आएको छ ।

विदेशिनुको बाध्यता एक ठाउमा हुदाहुदै फेरी नेपालमा रहेका साथी भाई इष्टमित्रहरुले आफुहरु पति सोच्ने सोचाई फरक हुन पुग्छ । बिदेशमा बसेर सुखसयलको जीवन विताएको भम उनीहरुमा हुन्छ भने आफनो वास्तविकता बेग्लै हुन्छ । कतिले कमाएको, रमाएको र ठुला ठुला समुन्द्रको किनारमा बसेर खिचिएका क्षणिक फोटोलाई मात्र देख्छन त कतिले भुलिदिई सकेका पनि हुन्छन । तर हामो बाध्यता र विवशता फरक हुन्छ जुन स्वदेशमा बसेर अन्जानमा कोहि कसैले सोचेको छ । कैयन हामीहरु वल्लो घरबाट पल्लो घरमा रहेका आफन्तलाई भेटन महिनौ पतिक्षा गर्नपर्ने हुन्छ । फरक फरक कार्यक्षेत्र र ब्यस्तताका कारण श्रीमतीसंग भेटनै हप्त दिन नै पर्खनुपर्ने बाध्यता आईपर्न सक्छ ।

अझ महत्वपुर्ण त आफना बालबच्चाले छरछिमेक, इष्टमित्र र साथी संगीबाट सिक्ने कुराको जिम्मेवारी पनि आफैले बहन गर्नुपर्ने छ । अन्यथा बच्चाहरुको सामजिकिकरणको विकास समेत पभावित हुन सक्छ । निस्सासादो जिन्दगी र दौडधुपको यो चकको बारेमा कैयन पवासीहरु अभिब्याक्त गर्न नसकेर डिपेसनका शिकार पनि नभएका होइन्न । यो यथार्थतालाई बुझिदिने कसले । बास्तवमा धेरैको विदेश बर्साई रहर नभई बाध्यता नै हो । वास्तवमा मेरो बुझाइमा विदेशी जीवन भनेको धुलो मैलो शरिरलाई सुन्दर कपडा र अत्तरले आकर्षक बनाएर श्रृजना गरिएको भ्रम जस्तै हो ।

यता स्वदेशी जीवन भनेको सुन्दर शरीर हुदा पनि फोहोर र कमसल आबरणले कुरुप बनाइएको मात्र हो । हो अब सोच्न पर्ने बेला भएको छ, स्वदेशी जीवनमा देखिएको धुलोमैलो टकटकाउन पयास गर्नेकी विदेशी जीवनको कृत्रिम भ्रममा रमाउने । हो जीवनको उत्तरार्धमा घर न घाटको भएर बांच्नुपर्ने विवशताको अन्यका लागि हामी आफै पनि चनाखो हुन जरुरी छ । अनि राज्यलाई घचघच्याएर विदेशका रामा पक्ष लागु गर्न दवाव दिन जरुरी छ । जुन पयासले हामीले स्वदेशमै पनि स्तरीय जीवन जीउन सकियोस । सम्मानित भएर बांच्न सकियोस। हामै हिमाल पहाड र तर्राई मा हास्न र नाँच्न पाइयोस । यस तर्फ हामी परदेशीहरुले पनि ढिला नगरी सोचौ । विगतको विदेशिनु परेको बाध्यतालाई अब कम भंग गरौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker