दैनिक संक्रमणमा बढ्दो, एकै दिन ७२११ जना संक्रमित, तनहुँमा १४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै काठमाडौँमा २ हजार ७ सय ४, ललितपुरमा ५५०, रुपन्देहीमा ४६६, बाँकेमा ४०६, भक्तपुर ३०१, मोरङमा २४९, कैलालीमा २३२, धनुषामा २२८ जना कोरोना संक्रमण थपिएका छन्।

यस्तैं मकवानपुर १६९, दाङमा १३३, पर्सामा ११२, महोत्तरीमा १०७, नवलपरासी पश्‍चिममा ८०, चितवनमा ७७, सुनसरीमा ७४, कास्कीमा ६९, बर्दिया ५१, नुवाकोटमा ४६, बारामा ४४,कपिलवस्तुमा ४१, बैतडीमा ३८, अर्घाखाँची ३७, रौतहटमा ३६, सिन्धुपाल्चोक ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिरहा र सिन्धुलीमा ३२/३२ जना, डडेलधुरामा २८, सर्लाहीमा २७, दैखेलमा २५, कञ्‍चनपुरमा २४, काभ्रेपलाञ्चोकमा २३, नवलपरासी पूर्व, डोटी १९,सप्तरीमा १७, गोरखामा १६, तनहुँमा १४, रामेछापमा १३, गुल्मी, पाल्पमा ११, जुम्लामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै इलाम, दोलखा, लम्जुङ र अछाममा ८/८ जना, पर्वत, म्याग्दी, कालिकोटमा ७/७ जना, बागलुङ र स्याङ्जामा ६/६ जना, उदयपुर, रूकुम पूर्व, रोल्पा र सल्यानमा ५/५ जना, ओखलढुंगा र रसुवामा ४/४ जना थपिएका छन् ।

यस्तै प्युठानमा ३, खोटाङ, ताप्लेजुङ, धनकुटा, भोजपुर र मुगुमा २/२ जना, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, डोल्पा, रूकुम पश्‍चिम, दार्चुला र बझाङमा-१/१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker