निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार सामान्य अवस्थामा भन्दा २५ देखि ३० प्रतिशतले ब्यान्डविथको प्रयोग बढेको छ । उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागेसँगै धेरैले समय बिताउन इन्टरनेटको साहारा लिइरहेका छन् ।नेपालमा सामान्य अवस्थामा ८ सय देखि १००० जीबीपीएस ब्यान्डविथ खपत हुने अनुमान छ । अहिले १००० देखि १२५० जीबीपीएसम्म ब्यान्डविथ खपत भइरहेको अनुमान छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा हामीलाई खपत बढेअनुसार माग धान्न गाह्रो पर्दैन,’ उनले भने,’ पिक समयमा केही अझै बढी माग आउन सक्छ ।’

सामान्य अवस्थामा बेलुकी ६ बजेदेखि १० बजेसम्म इन्टरनेटको प्रयोग बढी हुन्छ । तर, अहिले शहरहरुमा धेरैजसो मान्छे घरभित्रै भएकाले पिक आवरमा पनि माग दिउँसोको भन्दा खासै फरक नपर्ने अनुमान पनि पराजुलीको छ ।

२०७७ चैतमा लकडाउन भएपछि ५० प्रतिशतसम्म इन्टरनेट ब्यान्डविथको खपत बढेको थियो । विशेषगरी टिकटकले ब्यान्डविथ खपत बढाएपछि नेपालमै क्यास सर्भर राख्न लगाएर समस्या समाधान गरिएको थियो ।

‘यो वर्ष ब्यान्डविथ खपतको दर गतवर्षजस्तो उच्च दरमा बढ्ने देखिँदैन,’ अध्यक्ष पराजुलीले भने,’शहरहरुमा महामारीले असर गरेपनि गाउँहरुमा त्यस्तो छैन । त्यसैले ग्रामीण भेगमा इन्टरनेटको खपत सामान्य अवस्थामा नै छ ।’

लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या हृवात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ माघसम्म मात्र ३५ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

लकडाउनअघि २०७६ फागुनमा २ करोड १८ लाख ५२ हजार इन्टरनेट सस्क्राइबर रहेकामा अहिले २ करोड ५४ लाख १९ हजार पुगेका छन् ।

विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ । महामारीकालमा भने मोइबाल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ । महामारीमा ‘वर्क फर्म होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको विज्ञहरु बताउँछन् । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker