बार्ड, च्याट जीपीटी कि बिंग ? एआईको दुनियाँमा कुन होला बादशाह ?

एजेन्सी

गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ । छिटै नै कम्पनीले आफ्ना अन्य एप तथा टूलहरुमा पनि यसको सपोर्ट थप गर्नेछ ।

धेरै मानिसहरुले बार्डको पूर्ण संस्करणको तीव्र प्रतीक्षा गरिरहेका थिए र यस्तो प्रतिक्षाको मुख्य कारणचाहिँ च्याट जीपीटी तथा त्यसमा आधारित नयाँ सर्च इन्जिन बिंग हो ।

वास्तवमा मानिसहरु माइक्रोसफ्ट र ओपन एआईको प्रडक्टलाई टक्कर दिनका लागि गुगलले के ल्याउँछ होला भन्ने हेर्न चाहन्थे ।

बार्ड, च्याट जीपीटी र बिंग तीनवटै प्लाटर्फम एआईमा आधारित च्याटबट हुन् । तर यी तीनवटा प्लाटर्फम प्रयोग गर्दा तपाईंको अनुभूति नितान्त फरक हुन सक्दछ ।

कस्तो छ बार्ड ?

गुगलले जब यो च्याटबट लञ्च गर्‍यो तब मानिसहरुलाई यसका लागि पर्खिनुपरेन । लञ्चको केही समयपछि नै बार्डको एक्सेस अधिकांश प्रयोगकर्ताका लागि खुल्ला गरिएको थियो । कम्पनीले यसलाई १८० देश तथा तीनवटा भाषामा चल्नेगरी लञ्च गरेको छ ।

लुक्सको हिसाबले यसले च्याट जीपीटीकै सम्झना गराउँछ । तर यो निकै प्रशोधित संस्करण जस्तो लाग्दछ । हुनत युजर इन्टरफेसको कुरा छनोटको कुरा हो । तथापि गुगल बार्डको लुक क्लिन तथा क्लासिक रहेको छ । यसमा तपाईंले लाइट तथा डार्क थीमको अप्सन छान्न सक्नुहुन्छ ।

गुगल बार्ड लञ्च हुँदा धेरैलाई लागेको थियो कि गुगलले यसमा केही नयाँ ल्याउनेछ र एउटा उत्कृष्ट च्याटबटको अनुभव प्रयोगकर्तालाई दिलाउनेछ । तर यस्तो भएन । यो च्याटबटले धेरै गल्तीहरू गर्दछ र गुगलले पनि यसका गल्तीहरुका बारेमा प्रयोगकर्तालाई सचेत गराएको छ ।

यसमा तपाईंले केवल तीन वटा भाषाको मात्र सपोर्ट पाउनुहुन्छ । गुगल बार्डले लेखेका आर्टिकल वा नोटहरूलाई तपाईंले पुनः एकपटक राम्रोसँग पढ्नुपर्ने हुन्छ । अर्थात् यसको लेखनीमा भर पर्न सकिंदैन । किनकि यसमा विभिन्न भाषागत तथा तथ्यगत त्रुटिहरु समेत हुन सक्दछन् ।

साथै गुगल बार्डमा तस्वीर सपोर्ट छैन । यसमा भ्वाइस सर्चको अप्सन भने छ । वास्तवमा गुगलले आफ्नो प्रतिष्ठा कायम राख्नका लागि पनि यो प्लाटर्फमलाई अझै परिष्कृत गर्नु अत्यावश्यक छ ।

कस्तो छ च्याट जीपीटी ?

च्याट जीपीटीमा तपाईंले केवल सन् २०२१ सम्मका मात्रै डाटा भेट्टाउनुहुन्छ । त्यो समयका डाटा वा जानकारी भने यसले सही तथा उत्कृष्ट तरिकाले प्रदान गर्दछ । यद्यपि विभिन्न सन्दर्भमा यसले पनि सही जवाफ नदिएका घटना पनि भएका छन् । बार्ड र च्याट जीपीटी प्रयोग गर्दा तपाईंले सबैभन्दा ठूलो अन्तरचाहिं यी च्याटबटले गर्ने घटनाको व्याख्या नै हो ।

बार्डको भाषा धेरै हदसम्म कम्प्युटरकृत लाग्दछ । जबकि च्याट जीपीटीको भाषाचाहिँ मानिसले सामान्य बोलीचालीमा प्रयोग गर्ने प्राकृतिक भाषाजस्तो भान हुन्छ । वास्तवमा प्रयोगका सन्दर्भमा च्याट जीपीटी प्रयोगको अनुभव बार्डभन्दा उत्तम नै रहेको छ । चाहे यसको टाइपिंग स्टाइलवाला युजर इन्टरफेस होस् वा यसको जवाफ दिने समयको । धेरै कुरामा च्याट जीपीटी बार्ड भन्दा उत्कृष्ट लाग्दछ ।

तर यसको सबैभन्दा उत्कृष्ट संस्करण अर्थात् च्याट जीपीटी ४ चाहिं सशुल्क सब्सक्रिप्सनवाला रहेको छ । तपाईंले यो प्रयोग गर्नका लागि पैसा तिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा नि:शुल्क ब्राड नै रोजाई बन्न सक्दछ । च्याट जीपीटीले धेरैवटा भाषा सपोर्ट गर्दछ । तपाईंले नेपालीमा प्रश्न सोध्दा पनि च्याट जीपीटीले जवाफ फर्काउन सक्दछ । त्यो कुरा बार्डमा सम्भव छैन अहिलेका लागि । तर च्याट जीपीटीको नि:शुल्क संस्करणमा पुराना जानकारीहरु त प्राप्त हुन्छन् तर पछिल्ला जानकारी तथा तथ्यांकहरुका लागि चाहिं च्याट जीपीटीको सशुल्क चौथो संस्करण लिनैपर्ने हुन्छ ।

नयाँ बिंग कस्तो छ ?

वास्तवमा माइक्रोसफ्टको न्यू बिंगका लागि प्रयोगकर्ताले सबैभन्दा धेरै पर्खिनुपर्‍यो । पर्खाइ वास्तवमा यो लञ्च हुने कुराको थिएन । यो लञ्च भैसकेपछि यसमा प्रयोगकर्ताको पहुँचका लागि पर्खिनुपरेको थियो ।

सुरुआतमा त बिंगले पनि सर्चमा विभिन्न अनौठा जवाफहरु पस्किने गरेको थियो । तर माइक्रोसफ्टले यसलाई विस्तारै उत्कृष्ट ढंगले परिमार्जन गर्दै गयो । अहिले यो सर्च इन्जिनले कुनैपनि विषयमा दिने जवाफ अन्य आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले दिने जवाफभन्दा उत्कृष्ट रहेको छ ।

यसमा भाषाको कुनै समस्या छैन । तथापि यसले निकै सीमित शब्दमा जवाफ दिन्छ । यसबाट तपाईंले कुनै पनि आलेख लेखाउन सक्नुहुन्छ । तर आलेखका लागि आवश्यक तथ्यहरु भने यसले निश्चित रुपमा प्रदान गर्दछ । यसले प्रयोगकर्ताको प्रश्नको जवाफसँगै विभिन्न सान्दर्भिक लिंकहरु पनि प्रदान गर्दछ, जहाँबाट उसले जानकारीहरु लिएको हुन्छ ।

यसमा तपाईंले छोटो जवाफ पाउनुहुन्छ । साथै यसमा तपाईंले निश्चित संख्यामा मात्रै प्रश्न गर्न सक्नुहुन्छ ।

माइक्रोसफ्टले एक व्यक्तिलाई केवल २० वटासम्म मात्रै प्रश्न सोध्ने सीमा तय गरेको हुन्छ । बिंगमा तपाईंले तस्वीर सिर्जना गर्न पनि सक्नुहुन्छ । तर यो फिचर बिंगको च्याटबारमा उपलब्ध छैन र तपाईंले छुट्टै विन्डोमा जानुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker