संक्रमित भन्दा परिवारका सदस्यहरुमा बढी मनोवैज्ञानिक तनाव

सुदीप घिमिरे

पोखराका ३० बर्षीय रिता (नाम परिर्वतन) कोरोना पोजेटिभ भइन् । उनी गत साता देखि घर भित्रै एकान्तवासमा छिन् । वारम्वार खोकी लागिरहेको छ । ज्वरो भने छैन् । खानामा रुची घटेको छैन् । बेला बेला शरीरको अक्सिजन कमि भएको महसुस हुन्छ । आफुलाई गाह्रो महसुस हुने वित्तिकै छातीमा सिरानी राखेर सुत्नु हुन्छ । साँस फेर्न कठिन भए घोप्टो परेर सुत्न डाक्टरले सल्लाह दिनु भएको थियो । त्यस वाहेक नियमित तातो पानी, कागती पानी, हरलिक्स, खाना, खाजा मिलाएर सेवन गरिरहेकी छन् । मनोविमर्शकर्ताको निर्देशनमा विहान आरामदायी अभ्यास गदै कोरोनासंग सकारात्मक रुपले सामना गरिरहेकी छन् । सबको चाजोपाँजो भने श्रीमानले मिलाएका छन् ।

श्रीमान र परिवारका अन्य सदस्यहरुलाई कोरोना परिक्षण गरेको छैन् । कोरोनाको कुनै लक्षण देखाएको पनि छैन् । तर श्रीमान र परिवारका अन्य सदस्यहरुलाई कोरोना संक्रमण हुन्छकी भन्ने चिन्ता छ । एकाएक रिताको श्रीमान विहीवारदेखि एकदमै चिन्तित देखिन थालेका छन् । श्रीमानलाई विहीवार राती अकस्मात श्वास फेर्न कठिन भयो । मुटुको धड्कन बढ्यो । मर्छुकी जस्तो लाग्ने भयो । परिवारका सदस्यहरु आत्तिए । रिता पनि आत्तिन । श्रीमानलाई घर भित्र पस्न मन नलाग्ने, मन आत्तिने, अक्सिजन नपुगेको जस्तो महसुस हुन थाल्यो । शरीर काम्ने, शरीर तातेको अनुभव हुने जस्तो अनुभव गरिरहे । चिने जानेको डाक्टर आउनु भयो । डाक्टरले अक्सिजन नाप्नुभयो । ठिकै छ आत्तिनु पर्दैन भन्नु भयो । तर उहाँ आत्तिरहनु भयो । अस्पताल लैजानु भनिरहनु भयो । परिवारका सदस्यहरु पनि आत्तिरहेँ ।

राती १२ बजे अस्पताल लैजान साथीभाईलाई सम्पर्क गर्दा कोही सम्पर्कमा आएनन् । ट्याक्सी भेटिएन् । अस्पताल जान सवारी साधन खोज्दा झण्डै एक घण्टा बित्यो । रिताको श्रीमानलाई धेरैनै गाह्रो भयो । डाक्टरको सहयोगमा एम्बुलेन्ससंग सम्पर्क भयो । एम्बुलेन्सले पोखराकै एक अस्पतालमा पुर्‍यायो । इमर्जेसी कक्षमा पुग्यौ । उपचारका लागि ४/५ जना डाक्टर र नर्स आए । श्रीमानलाई कुर्चीमा राखे । टाढैवाट डाक्टरले समस्याकाबारे लेखाजोखा गरेँ । कसैले पनि विरामीलाई छोएनन् । तपाईलाई चिन्ता लागेको छ, चिन्ता नलिनु डाक्टरले भनेँ । एउटा उनले औषधी दिए ।

घरमा पुगेर खान भने। केही हुदैन घर फर्किन भनेँ । केही समय अघि आएकै एम्वुलेन्समा हामी फर्कियौं । घर नपुग्दै उनलाई फेरी पहिलेकै जस्तो समस्या भयो । परिवारका सदस्यहरुलाई फेरी चिन्ता भयो । यो पंक्तिकार एक मनोसामाजिक क्षेत्रमा काम गर्ने भएकाले उनलाई गहिरो श्वास प्रश्वास विधि गर्न लगायो । उनको मन केही हदसम्म शान्त भयो तर उनलाई नियमित सान्त्वना र मनोबैज्ञानिक परामर्शको सहयोगको खाँचो छ । यही क्रम बढ्दै गयो मन, शरीर, व्यवहार र सम्बन्धमा परिर्वतन भयो भने उनलाई थप विशेषज्ञको सहायता चाहिन सक्छ ।

रिता, उनको श्रीमान र परिवारका सदस्य जस्तै अहिले धेरै नेपाली दाजुभाईहरुमा तनाव थपिएको छ । संक्रमित व्यक्तिहरुमा तनाव हुनु श्वाभाविकै हो तर उनका आफन्त नातेदारमा धेरैनै तनाव देखिन थालेको छ । प्राय सबै अस्पताल भरिन थालेका छन् । दैनिक जसो दुइ सय भन्दा बढी व्यक्तिहरुको निधन हुन थालेको छ । अस्तपालमा अक्सिजनको अभाव छ । यस्तो अवस्थामा केही गरी संक्रमणले च्यापो भने के गर्ने, कता जाने अवस्था अन्याले भएकाले तनावको सृजना भएको हो । जसले गर्दा व्यक्तिको भावना, सोचाईमा नराम्रोसंग प्रभाव पार्न थालेको छ ।

व्यक्तिमा डर, चिन्ता, अत्याधिक तनाव, त्रासहरु उत्पन्न भएका छन् । कसैले एकै खालका व्यवहारहरु बारम्बार गर्ने जस्तो व्यवहारहरु व्यक्तिले देखाउन थालेका छन् । कोही व्यक्तिले भने एक्कासी श्वास रोकिए जस्तो हुने जस्ता समस्याहरु व्यक्तिहरुले अनुभव गरिरहेका छन् । विपत्तिको अवस्थामा तनाव हुनु स्वाभाविकै हो । तर पनि परिस्थितीलाई बुझेर अगाडी बढ्न जरुरी छ । संक्रमितको व्यवस्थापन गर्ने व्यक्तिनै आत्तिन थालेमा त्यसको असर संक्रमितमा पर्छनै । त्यसैले तनावलाई व्यवस्थापन गर्नु एक महत्वपूर्ण पाटो बनेको छ ।

सामान्यतय तनाव भनेको कुनै अप्ठ्यारो अवस्थामा व्यक्तिको मनमा आउने अस्थिरता र शरीरले देखाउने प्रतिकृया हो । कुनै पनि वातावरणमा घटेको घटना प्रतिको प्रतिकृया हो, जसले व्यक्तिको भावना, सोचाई, व्यवहार र सम्बन्धमा कठिनाईको सृजना गर्दछ । जसलाई आघात जन्य अवस्था पछिको तनावपूर्ण अवस्थाका रुपमा लिन सक्छौं । यस्ता तनावहरु सामान्य तनाव भन्दा बढी पीडादायी हुन्छन् । जसले गर्दा व्यक्तिमा निरासाको भावना बढाउँछ । यस्तो बेला आफुमा आएका लक्षणहरु पहिचान गर्ने, सामना गर्ने व्यवहार सकारात्मक बनाउने, स्वहेरचाहमा बढी भन्दा बढी ध्यान दिनु जरुरी छ ।

तनावका लक्षणहरु: तनावले व्यक्तिको मन, शरीर र व्यवहारमा विभिन्न प्रभावहरु पर्छ । चिन्ता लाग्ने, चाँडै रिसाउने, मनस्थिति छिटो छिटो परिर्वतन भईरहने, खाना खान मन नलाग्ने, अरुसंग बोल्न मन नलाग्ने, एक्लोपनको महसुस गर्ने जस्ता लक्षणहरु मनमा देखिन सक्छ । त्यसै गरी चाँडै थकाई लाग्ने, शरीर कम्जोर भए जस्तो महसुस हुने, टाउँको दुख्ने, मुटु धड्कन अनियमित हुने, निस्सासिएको जस्तो महसुस हुने, पेट पोल्ने, हातखुटा अनौठो प्रकारले दुख्ने जस्ता असरहरु शरीरमा देखिन्छन् । त्यसै गरी व्यवहारमा थकित देखिने । छटपटाइरहने, तनाव कम गर्ने नकारात्मक सामना गर्ने व्यवहारहरु प्रयोग गर्ने जस्ता लक्षणहरु व्यवहारमा देखिन्छन्। निन्द्रामा पनि गडबढी हुनसक्छ । यस्ता लक्षणहरु देखिएमा सकारात्मक सामना गर्ने व्यवहारको विकास गर्नुपर्छ ।

सामना गर्ने व्यवहार: समस्यासंग जुध्नका लागि व्यक्तिले प्रयोग गर्ने शैली, व्यवहार वा बानीलाई सामना गर्ने व्यवहार भनिन्छ । सामान्यतय सामना गर्ने व्यवहार दुइ प्रकारका हुन्छन्। पहिलो सकारात्मक । दोश्रो विध्सात्मक । मनका कुराहरु मन मिल्ने साथीसंग सुनाउने, समस्यामा केन्द्रीत छलफल गर्ने, आस्था अनुसार पुजा गर्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्ने, खेतवारीमा काम गर्ने, किताव पढ्ने आदि व्यवहारहरु सकारात्मक सामना गर्ने व्यवहार हुन् । जसले गर्दा व्यक्ति आफैलाई फाइदा पुग्छ भने अरु व्यक्तिहरुलाई पनि असर गर्देन् । त्यसै गरी कोही व्यक्तिहरुले तनाव भएको बेला नकारात्मक सामना गर्ने व्यवहार गर्दछन् जसले व्यक्ति आफैलाई र अरुलाई पनि फाइदा गर्दैन ।

बिध्सात्मक व्यवहार भित्र रिसाउने, झगडा गर्ने, लागु पदार्थ सेवन गर्ने आदि व्यवहारहरु पर्दछन्। सामान्य अवस्था भन्दा विपत्तिका बेला व्यक्ति सोचाई र भावनाहरुलाई छिटो प्रभाव पार्दछ । त्यसैले परिस्थितिलाई परिर्वचन गर्न सकिदैन मनस्थितिलाई सकारात्मक रुपमा सामना गरी मनस्थिति राम्रो बनाउन प्रयास गर्नुपर्छ । तनावका लक्षणहरु पहिचान गर्ने वित्तिकै सकारात्मक सामना गर्ने व्यवहारमा ध्यान दिन सके जस्तो सुकै परिस्थिति भएपनि व्यक्तिको मनलाई कम प्रभाव पार्न सक्छ । साथै स्वहेरचाह गर्नुपर्छ ।

स्व हेरचाह: आफुले आफैलाई माया गर्नुलाई स्वहेरचाह भनिन्छ । स्वहेरचाह भित्र शारीरिक हेरचाह मात्र नभई मनोबैज्ञानिक हेरचाहलाई पनि उत्तिकै चासो र ध्यान दिन जरुरी छ। मनोबैज्ञानिक हेरचाह भित्र आफुलाई आराम गर्ने । सुत्ने कुरामा ध्यान गर्नुपर्छ । एक पौढ व्यक्तिका लागि ६/७ घण्टा प्रभावकारी निन्द्रा हुनुपर्छ । बालबालिकाहरुलाई हरेक दिन ९/१० घण्टा निदाउनपर्छ । बृद्धबद्धाहरुलाई ४/५ वा ६ घण्टा निदाए पुग्छ । निन्द्रा लागेन भनेपनि हाम्रो शरीर र मनोबैज्ञानिक असर गर्छ । त्यसै गरी हरेक दिन विहान कम्तीमा २०/३० मिनेट शारीरिक अभ्यासहरु गर्दा मन र शरीर स्वास्थ रहन्छ ।

कोराना भाइरसका कारण प्राय सबै जना घरमै छौं। यस्तो बेला मनमा बोर लाग्ने, तनाव भए जस्तो हुने, छटपटि हुने, दिमाग भारी हुने जस्ता कठिनाईहरुको महसुस हुन्छ। दिमागलाई स्वस्थ्य वनाउन शारीरिक अभ्यासका साथै आफुलाई व्यस्थ गराउने कामहरु गर्न जरुरी छ । देनिक कार्यतालिका वनाई लागु गर्नुपर्छ । खाली दिमाग शैतानको घर भने झै केही काम नपाएका बेला मनमा नकारात्मक सोचहरुको विकास हुन्छ । त्यसैले आफुलाई व्यस्त बनाउने उपायहरु खोज्नजरुरी छ । उदाहरणका लागि परिवारका सदस्यहरु वीच कुराकानी गर्ने, पत्रिका पढ्ने, घर भित्र खेल्न सकिने खेलहरु खेल्नुपर्छ । लेखहरु लेख्ने, फिलिमहरु हेर्ने गर्दा मनमा नकारात्मक सोचहरुको विकास हुदैन् । साथै खाना, पानी, निन्द्रा, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

विपत्तिजन्य अवस्था हाम्रो नियन्त्रणमा छैनन् तर त्यसले मनमा, सोचाइ र व्यवहारमा पारेको प्रभावलाई कम गर्न सकिन्छ । कोरोना भाइरस एक विपत्तिजन्य अवस्था हो । यो महामारीको अवस्थालाई स्वीकार गर्नु जरुरी छ । शारीरिक सुरक्षामा ध्यान दिनुपर्छ । साथै मनोबैज्ञानिक पक्षलाई ख्याल नगरे व्यक्ति मानसिक समस्यामा जान सक्छ । त्यसैले मनलाई स्वस्थ्य राख्न आफुमा आएका फरक पन वा लक्षणहरुमा ध्यान दिनुपर्छ । त्यसैगरी नकारात्मक प्रभावहरुलाई व्यवस्थापन गर्न सामना गर्ने व्यवहार सकारात्मक हुनुपर्छ । स्वहेरचाहमा ध्यान दिनुपर्छ । मनका कुराहरु मन मिल्ने साथीलाई खोल्नुपर्छ । यती गर्दागर्दै पनि समस्या व्यवस्थापन भएन भने तुरुन्तै मनोविमर्शकर्ता, स्वास्थ्यकर्मी, मनोविद् एवं मानसिक चिकित्सकको सल्लाह लिनुपर्छ । मरे

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker