तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत अर्थात १ हजार ८३० जनाले लगाए कोभिडशिल्ड खोप

  • भञ्ज्याङ न्यूज

तनहुँमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको कोभिडशिल्ड खोप १ हजार ८३० जनाले लगाएका छन् । जुन संख्या लक्ष्यभन्दा १०९ प्रतिशत हुन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले पहिलो चरण अन्तरगत १ हजार ६७९ जनालाई खोप लगाउन लक्ष्य लिएकोमा शनिबारसम्म १ हजार ६४ महिला र ७६६ जना पुरुष गरी एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

कार्यालय प्रमुख शंकरबाबु अधिकारीले खोप अभियानको ११औं र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको बताएका छन् ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । ‘खोप लगाएकालाई सामान्य बाहेक अन्य जटिल लक्षण देखिएको छैन’, प्रमुख अधिकारीले भने, ‘खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ ।’

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।

यस्तै, गण्डकी प्रदेशमा १८ हजार ४७२ लाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ ।

स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा एक हजार ५५९, नवलपुरमा ९६०, पर्वतमा एक हजार ३०, बागलुङमा एक हजार ७२९, मनाङमा १६१, मुस्ताङमा २२६, म्याग्दीमा ८९४, लमजुङमा एक हजार ४५० र स्याङ्जामा एक हजार ४९६ लाई खोप लगाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker