म्याग्देमा वडास्तरीय भलिबल प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाँउपालिकामा तिहार पर्वका अबसरमा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर खोर युवा क्लबले वडा नं. २ जामुने पाटेचैरमा यही शनिबार प्रतियोगिता गर्ने भएको हो ।
तिहार पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा भलिबल प्रतियोगिता गरिने कार्यक्रम संयोजक कृप्टन थापाले बताए । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार र द्धितीय पुरस्कार १५ हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ ।










