नयाँ बजेटमा परेका तनहुँका मुख्य योजनाहरु
भञ्ज्याङ न्यूज

सरकारले ल्याएको नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेटमा तनहुँ क्षेत्र नम्बर एकका पाँचवटा तहमा ठूला योजना परेका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको र अध्यादेशमार्फ जारी हुने बजेटले मुख्य रुपमा व्यास, आँबुखैरेनी, भानु तथा देवघाटमा केन्द्रीयस्तरका ठूला योजना पारेको छ ।
बजेटले व्यास र भानुमा पर्ने भानुभक्तः प्राणी उद्यान, आँबुखैरेनीमा केन्द्रीयस्तरको बालगृह, देवघाटको धार्मिक विकास आदिलाई समेटेको छ । यसका अलावा क्षेत्र नम्बर २ मा पर्ने व्यास चिन्टुटारमा औद्योगिक क्षेत्र सम्भाव्यता अध्ययन, आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गर्ने विषयलाई बजेटले समेटेको छ । चुनाव घोषणा गरेको सरकारले बनाएको केन्द्रीय बजेटमा अरु क्षेत्र र तह पनि समावेश भएका भए पनि घोषणामा भने मुख्यरुपमा यी क्षेत्र समेटिएका छन्।
सरकारले बजेट भाषणमा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट र्सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको हो । ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ। त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्ण्र्ाा्रति धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै, बजेट भाषणमा आवुँखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गरी उत्खनन सुरु गर्ने, देवघाटको विकासको लागि बजेटको विनियोजन, पृथ्विराजमार्गको आबुँखैरेनी-पोखरा खण्ड सडक चारलेनमा विस्तार गर्न ७ अर्व २७ करोड विनियोजन, नारयणी नदीको त्रिवेणी, नारयणगढ, देवघाट र दासढुङ्गासम्म जलयातयात सुरु गरिने। मदन-आश्रति जलमार्ग नामाकरण गरिने घोषणा गरिएको छ ।
यस्तै, कालीगण्डकी नदीको देवघाटदेखी राम्दीसम्म जलयातयात सन्चालनको लागि सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्थापन, जलाशय युक्त तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्यलाई त्रि्रता दिईने, बन्दिपुरमा शहरी पूर्वाधार विकास गरी शहर पुनः जागृत गरिने, भानुभक्त प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गरिने, चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण गरिने लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।










