गण्डकी एमाले अधिवेशन : तनहुँका केदारले अध्यक्ष र विष्णुभक्तले सचिव पदमा उम्मेदवारी दिने

भञ्ज्याङन्यूज

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया अन्तिमचरणमा पुर्‍याइएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी गराए ।

नौ सय बढी प्रतिनिधिले भाग लिने अधिवेशनमा तनहुँबाट दुइ जनाले अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यही असोज १५ र १६ गते पोखरामा हुने अधिवेशनमा अध्यक्ष पदमा केदार सिग्देलले र सचिव पदमा विष्णुभक्त सिग्देलले उम्मेदावारी दिने भएका छन् ।

गण्डकी प्रदेश कमिटीको अध्यक्ष पदका दाबेदार केदार सिग्देल वि.सं. २०३३ सालवाट विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लागेका र ०३५ सालदेखि पार्टीमा काम शुरु गरेका हुन् ।

पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्दा शिक्षण पेशावाट निष्काशित भएका सिग्देल ०४५ सालदेखि पूर्णकालिन भुमिगत कार्यकर्ता भएर पार्टीमा काम गर्दै आएका थिए ।

०३५ सालदेखि हालसम्म राजनीतिमा निरन्तर क्रियाशिल सिग्देल पार्टी र आम जनतामा सादगी, प्रष्टवक्ता र कम्युनिष्ट नेताका रुपमा चित्रित छन् । पार्टीको गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी कार्यलय सचिव, जिल्ला उपसचिव हुँदै निरन्तर राजनीतिमा सक्रिय सिग्देल ०६५ सालमा पार्टीको तनहुँ जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए ।

वि.सं. २०६५ देखि ०७८ सालसम्म २ कार्यकाल तनहुँ जिल्ला पार्टी अध्यक्षका जिम्मेवार सम्हालेका सिग्देलले ०७४ सालको संघीय निर्वाचनमा तनहुँको ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघीय निर्वाचनमा वाम उम्मेदवारलाई जिताउन सफल बने ।

स्पष्ट अडान र विचारमा अडिग सिग्देल आदर्शको राजनीति गर्न रुचाउँछन् । नैतिक मुल्य, मान्यता र लोकतन्त्रमा जनताको आवश्यकतालाई नै सर्वोपरि ठान्ने सिग्देल २०७४ सालमा भएको तनहुँ क्षेत्र नं. २ का निर्वाचित सासंद समेत हुन् ।

सासंद भएर कुशलतापूर्वक जिम्मेवार वहन गरेका सिग्देलले आफनो निर्वाचन क्षेत्रमा विकास निर्माण र जनतासँगको सम्वन्ध प्रगाढ बनाएका छन् । राजनीति देश र जनताका सेवामा हुनुपर्ने आदर्श बोकेका सिग्देल हाल नेपाल कम्युनिष्ट पार्टी -एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातोकोत्तर गरेका सिग्देल कम्युनिष्ट नेताको पर्याको रुपमा चित्रित छन् । राजनीतिमा नै जीवन समर्पण गरेका सिग्देल फुर्सदमा कृषि कर्ममा रमाउँछन् ।

लामो समय राजनैतिक परिवर्तन, त्यसको नेतृत्व र जीवननै बिताएका सिग्देल प्रदेशका अन्य जिल्लाको साथीहरुको साथ सहयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको अध्यक्ष बनेर पार्टीलाई थप सुढृढ बनाउँदै सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा लागेको बताउँछन् ।

यस्तै, नेकपा एमालेका नेता विष्णुभक्त सिग्देलले एमाले गण्डकी प्रदेश सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा हुने प्रथम अधिवेशनमा सिग्देलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल गण्डकी प्रदेश सचिवालय सदस्य रहेका सिग्देलले पार्टीमा आफ्नो भूमिकाको मूल्याकंन हुनेमा विश्वास व्यक्त गरेका छन् । एमाले तनहुँको कार्यवाहक सचिव रहिसकेका सिग्देल अनेरास्ववियुको पटक-पटक केन्द्रीय सदस्य भइसकेका छन् ।

विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएका छन् ।

अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker