आदिकवि भानुभक्त क्याम्पसले ‘उद्यमशीलता उद्यमशाला’ स्थापना गर्ने

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक व्यावसायिक अनुभव तथा नवप्रवर्तनात्मक सोच विकास गराउने उद्देश्यले ‘इन्टरप्रेन्योरियल भेन्चर ल्याब’ (उद्यमशीलता उद्यमशाला) स्थापना गरिने भएको छ ।
क्याम्पसमा सम्पन्न विशेष परियोजना बैठकले क्याम्पसभित्र ‘उद्यमशीलता उद्यमशाला’ स्थापना गर्ने तथा आगामी असारको दोस्रो साता ‘आदिकवि व्यवस्थापन र उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसबहादुर सुनार, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख तथा विभिन्न विभागका विभागीय प्रमुखहरूको सहभागिता उक्त निर्णय गरिएको हो ।
बैठकले क्याम्पस, देश–विदेशमा रहेका पूर्वविद्यार्थी, विश्वविद्यालयका प्राध्यापक तथा उद्योग–वाणिज्य क्षेत्रबीच रणनीतिक साझेदारी निर्माण गर्दै विद्यार्थीमा उद्यमशीलताको विकास गराउने उद्देश्यसहित सहायक क्याम्पस प्रमुख विश्वेश्वर तिमल्सिनाको संयोजकत्वमा ‘उद्यमशीलता तथा नवप्रवर्तन निर्देशक तदर्थ समिति’ गठन गर्ने निर्णय गरेको छ ।
समितिले क्याम्पसभित्र स्थापना हुने उद्यमशालाको नीतिगत तथा व्यावहारिक सञ्चालनको जिम्मेवारी सम्हाल्ने जनाइएको छ। उक्त उद्यमशालाले विद्यार्थीका नवीन व्यावसायिक अवधारणालाई उद्यममा रूपान्तरण गर्न ‘इन्क्युबेटर’का रूपमा काम गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।
यसैगरी व्यवस्थापन, शिक्षा तथा मानविकी संकायअन्तर्गतका विभाग र विद्यार्थी क्लबहरूको सहकार्यमा आयोजना गरिने ‘आदिकवि व्यवस्थापन र उद्यमशीलता सम्मेलन’ मा उद्योगी, व्यवसायी, विश्वविद्यालयका प्राध्यापक, व्यावसायिक क्षेत्रका विज्ञ तथा सफल पूर्वविद्यार्थीलाई सहभागी गराइने भएको छ। सम्मेलनमा कार्यशाला, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
बैठकमा अध्यक्ष सुनारले क्याम्पस अब केवल प्रमाणपत्र वितरण गर्ने थलो मात्र नभई उद्यमी उत्पादन गर्ने तथा रोजगारी सिर्जना गर्ने केन्द्र बन्नुपर्नेमा जोड दिए। उनले यस योजनाले दमौली तथा समग्र गण्डकी प्रदेशकै शैक्षिक र व्यावसायिक वातावरणमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रमुख हड्खलेका अनुसार उद्यमशाला स्थापना भएसँगै विद्यार्थीहरूले अध्ययनकै क्रममा आफ्ना व्यावसायिक योजना विज्ञहरूसमक्ष प्रस्तुत गर्ने, मेन्टरसिप प्राप्त गर्ने तथा उत्कृष्ट अवधारणाका लागि ‘सिड मनी’ (बीउ पूँजी) प्राप्त गरी स्वरोजगार बन्ने अवसर पाउनेछन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker