कोरोना संक्रमणको जोखिम क्षेत्रमा एन्टिजेन प्रविधिबाट परीक्षण

भञ्ज्याङ समाचारदाता/दमौली

स्वास्थ्य कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्जिेन प्रविधिबाट कोरोना परीक्षणको दायारालाई बढाउँदै लगेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को हलासम्म कार्यालयबाट सम्पादन गरिएको कोभिड-१९ लगायत स्वास्थ्य कार्यक्रमका विषयमा पत्राकारहरुसंग अन्तरक्रिया गरी कोरोना परीक्षणको दायारलाई बढाइएको बताइएको हो ।

पछिल्लो समय तनहुँको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गएको हुँदा संक्रमण जोखिमयुक्त क्षेत्रको पहिचान गरी एन्टिजेन प्रविधिबाट कोरोना परीक्षणको दायार बढाउँदै लगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

‘कार्यालयले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ’, प्रमुख अधिकारीले भने, ‘कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहलाई आवश्यकता अनुसार उपलब्ध गराउँदै आएका छौं । पिसीआर रिपोर्ट आउन ढिलाइ हुने र एन्टिजेन पनि पीसीआर सरह नै भएकाले यसको दायरा बढाउँदै लगेका छौं ।’

एन्टिजेनबाट कोरोना परीक्षण लगायत अन्य आवश्यक तयारीका विषयमा पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको प्रमुख अधिकारीले बताए । यस्तै कार्यालयलाई एन्टिजेन परीक्षणका लागि दबाब पनि आउने गरेकाले जोखिममा रहेकालाई मात्रै परीक्षण गर्ने गरिएको उनले बताए ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपनि समाजबाट अपहेलित हुने डरले सर्वसाधारण परीक्षणको दायारामा आउन नमान्दा थप जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । संक्रमित भएपछि हाम्रो समाजले हेर्ने नजर सकरात्मक नभएको र लक्षण देखिएपनि कतिपय लुकाएरै बस्ने गरेको बताइएको छ ।

यस्तै, स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा पछिल्लो नौ दिनको अवधिमा केरोना संक्रमणदर बढेको देखाइएको छ । पछिल्लो नौ दिनको अवधिमा मात्रै जिल्लाभर ४६० जना संक्रमित थपिएका छन् । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड बिना हुने भोजभतेर, चियापसलका जमघट लगायतका कारण संक्रमणदर बढ्दो अवस्थामा रहेको प्रमुख अधिकारीले बताए ।

४ हजार ४०३ जनाको पीसीआर र २ हजार २८७ एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षण गर्दा २ हजार ८९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ४४ जना निको भएका छन् । जिल्लामा अहिले ७७० सक्रिय संक्रमित रहेकामा ४५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा धेरै सक्रिय संक्रमित रहेका छन् । शुक्लागण्डकीमा २१३, व्यासमा १७९, भिमादमा ९७, भानुमा ३४, म्याग्देमा ९५, घिरिङमा ९, ऋषिङमा २५, बन्दिपुरमा ८७, देवघाटमा ५, आँवुखैरेनीमा २६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै, दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जिल्लामा ७७ जनाको मृत्यु भएको छ । गत वर्षको पहिलो भेरियन्ट सहितको कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको थियो । यस अवधिमा भानुका ६, व्यासका १७, भिमादका १२, शुक्लागण्डकीमा ३१, म्याग्देका ४ , घिरिङका ३, देवघाटका १ र आँवुखैरेनीका १ जनाको मृत्यु भएको छ । कोभिड-१९ रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले स्थानीय पालिकाका स्वास्थ्य शाखाहरुसंग समन्वय गरी विभिन्न कार्य गर्दै आएको छ । अभिमुखीकरण, सचेतनामूलक कार्यक्रम, परीक्षणको दायरा वृद्धि, सञ्चारमाध्यमबाट जनचेतनामूलक जानकारी, परामर्श सेवा लगायतका कार्यक्रम गर्दै आएको कार्यालयले जनाएको छ ।

चियापान, भोजभतेर, पूजापाठ, विवाह, ब्रतबन्ध, जुवातास लगायतका मानिसहरु जमघट हुने क्रियाकलाप ग्रामीण क्षेत्रमा बढ्दै गएकाले संक्रमण जोखिम बढेको हुँदा मास्कको उचित प्रयोग गर्ने तथा जनस्वास्थ्यका मापदण्डको प्रयोग गरिए कोभिड न्यूनिकरण गर्न सकिने भएकाले सबैले यस तर्फ हातेमालो स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker