सडक निर्माणमा श्रमदान

तनहुँको भानु नगरपालिका-१२ को मिर्लुङकोट पयर्टन मार्ग अन्तर्गत करस्याङदी खोलाको कटानबाट सडक सुरक्षित गर्न ग्याबिङ जालि भर्नका लागि श्रमदान गरी ढुंगा संकलन गर्दै स्थानीय उपभोक्ताहरु । भानु-१२ का वडा अध्यक्ष बेलबहादुर अधिकारीको सक्रियतामा अहिले सडकको सतरोन्नती तथा नदी कटन रोक्ने कामलाई तीब्रता दिइएको छ ।

तस्विर : भञ्ज्याङ










