एक महिने बालिका सहित तनहुँमा २६ जनामा कोरोना संक्रमण पुष्टि, व्यासमा मात्रै १६ जना थपिए

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा एक महिने बालिका सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज सार्वजनिक गरेको विवरणमा शुक्लागण्डकी नगरपालिकामा एक महिने बालिका, ३ वर्षका बालक र शुक्लागण्डकी-५ की २३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

भिमाद नगरपालिका-६ का ५२, २६, ५० वर्षका तीन जना महिला र २३, २६, ४४, ४१ वर्षका चार जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, व्यास नगरपालिका-११ मा २८ वर्षका पुरुष, वडा नं. २ का २७, ५३, ४६ वर्षका पुरुष र २७, ४२, २७ वर्षका महिला, वडा नं. ३ का ४८, २९, १५ वर्षका पुरुष, ४६, १७, ३०, ४४ वर्षका महिला, व्यास-४ का २८ वर्षका पुरुष र ४२ वर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जानकारी गराएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker