नेपाली कांग्रेस : तनहुँका ८५ मध्ये ६८ वडामा सर्वसम्मत, १६ मा मतदान र १ मा स्थगित (नामावलीसहित)

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत ८५ वडा रहेको तनहुँमा ६८ वडा समितिमा सर्वसम्मत सभापति चयन गरिएको छ । १६ वटा वडामा मतदान प्रक्रियाबाट सभापति चयन भएका छन् भने शुक्लागण्डकी नगरपालिकाको वडा नं. ८ मा विवादका कारण स्थगित गरिएको तनहुँका सचिव विश्व वास्तोलाले जानकारी गराए ।

सचिव बास्तोलाका अनुसार व्यास नगरपालिकाको वडा नं. ६, ७, १२ र १४, भानु नगरपालिकाको वडा नं. १२ र १३, बन्दिपुर गाउँपालिकाको वडा नं. १, २ र ३, म्याग्दे गाउँपालिकाको वडा नं. ७, आँवुखैरेनी गाउँपालिकाको वडा नं. १ र ३, शुक्लागण्डकी नगरपालिकाको वडा नं. ४, भिमाद नगरपालिकाको वडा नं. ६, देवघाट गाउँपालिकाको वडा नं. ५ र घिरिङ गाउँपालकाको वडा नं. १ मा मतदानबाट वडा सभापति चयन गरिएको छ । यद्यपी घिरिङ १ को वडा सभापतिका लागि आज आइतबार बिहान मतदान हुने बताइएको छ ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन शुरु भएको छ । कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा तनहुँका नेता कार्यकर्ता आ-आफ्ना वडामा आई चुनावी माहोलमा केन्द्रित भएका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको छनहुँमा ८५ वडा मध्ये ७२ वटा वडामा र्सवसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।

व्यास नगरपालिका

वडा नं. १ को सभापतिमा दिलबहादुर दरै, वडा नं. २ को सभापतिमा टुक बहादुर हमाल, वडा नं. ३ को सभापति अनुप राना, वडा नं. ४ को सभापति देव बहादुर गुरुङ, वडा नं. ५ को सभापतिमा सुर बहादुर थापा, वडा नं. ६ को सभापतिमा ढाल प्रसाद घिमिरे, वडा नं. ७ को सभापतिमा युवराज गुरुङ, वडा नं. ८ को सभापतिमा युवराज गुरुङ, वडा नं. ९ को सभापतिमा नरबहादुर गुरुङ, वडा नं. १० को सभापतिमा प्रेमराज मिश्र, वडा नं. ११ को सभापतिमा ले. देव बहादुर थापा, वडा नं. १२ को सभापतिमा चन्द्र बहादुर वि.क., वडा नं. १३ को सभापतिमा रेशक वि.क., वडा नं. १४ को सभपतिमा नरिमाया राना निर्वाचित भएका छन् ।

भानु नगरपालिका

वडा नं. १ को सभापतिमा कृष्ण कुमार श्रेष्ठ, वडा नं. २ को सभापतिमा अर्जुन बहादुर के.सी., वडा नं. ३ को सभापतिमा सुर्यमान गुरुङ, वडा नं. ४ को सभापतिमा नुरचन्द्र पाण्डे, वडा नं. ५ को सभापतिमा दिपक थापा, वडा नं. ६ को सभापतिमा रण बहादुर श्रेष्ठ, वडा नं. ७ को सभापतिमा कुमार गाछा मगर, वडा नं. ८ को सभापतिमा इश्वर बहादुर घिमिरे, वडा नं. ९ को सभापतिमा गणेशमान श्रेष्ठ, वडा नं. १० को सभापतिमा हिमनिधि पाण्डे, वडा नं. ११ को सभापतिमा हरिबहादुर बोहरा, वडा नं. १२ को सभापतिमा बेल बहादुर अधिकारी, वडा नं. १३ को सभापतिमा कृष्ण बहादुर अधिकारी निर्वाचित भएका छन् ।

म्याग्दे गाउँपालिका

वडा नं. १ को सभापतिमा विनोददत्त खनाल, वडा नं. २ को सभापतिमा रमेश अधिकारी, वडा नं. ३ को सभापतिमा बालचन्द्र भट्टर्राई, वडा नं. ४ को सभापतिमा सन्देश अधिकारी, वडा नं. ५ को सभापतिमा मदन थापा, वडा नं. ६ को सभापतिमा डिल बहादुर गुरुङ, वडा नं. ७ को सभापतिमा अच्युत राज काफ्ले,

शुक्लागण्डकी नगरपालिका

वडा नं. १ को सभापतिमा कृष्ण बहादुर गुरुङ, वडा नं. २ को सभापतिमा ध्रुवराज पौडेल, वडा नं. ३ को सभापतिमा युवराज श्रेष्ठ, वडा नं. ४ को सभापतिमा दिल बहादुर श्रेष्ठ, वडा नं. ५ को सभापतिमा हरिराज अधिकारी, वडा नं. ६ को सभापतिमा रवि केसी, वडा नं. ७ को सभापतिमा इश्वर शर्मा, वडा नं. ८ को स्थगित भएको, वडा नं. ९ को सभापतिमा राम प्रसाद पाठक, वडा नं. १० को सभापतिमा खड्ग विक्रम खाँड, वडा नं. ११ को सभापतिमा रविन्द्र विक्रम थापा, वडा नं. १२ को सभापतिमा गज बहादुर गुरुङ निर्वाचित भएका छन् ।

बन्दिपुर गाउँपालिका

वडा नं. १ को सभापतिमा देवेन्द्र खनाल, वडा नं. २ को सभापतिमा नारायण खड्का, वडा नं. ३ को सभापतिमा कुल बहादुर अधिकारी, वडा नं. ४ को सभापतिमा सिता थापा, वडा नं. ५ को सभापतिमा रिता तिवारी, वडा नं. ६ को सभापतिमा खुराकजंग गुरुङ निर्वाचित भएका छन् ।

आँवुखैरेनी गाउँपालिका

वडा नं. १ को सभापतिमा किसान थापा, वडा नं. २ को सभापतिमा लिन गुरुङ, वडा नं. ३ को सभापतिमा मदन खत्री, वडा नं. ४ को सभापतिमा टेक बहादुर थापा, वडा नं. ५ को सभापतिमा नर मान गुरुङ, वडा नं. ६ को सभापतिमा धन बहादुर गुरुङ निर्वाचित भएका छन् ।

ऋषिङ गाउँपालिका

वडा नं. १ को सभापतिमा सविना राना, वडा नं. २ को सभापतिमा खेम बहादुर राना, वडा नं. ३ को सभापतिमा दुर्ग बहादुर राना, वडा नं. ४ को सभापतिमा प्रेम कुमार श्रेष्ठ, वडा नं. ५ को सभापतिमा केशव थापा, वडा नं. ६ को सभापतिमा दान बहादुर आले, वडा नं. ७ को सभापतिमा दुर्गा बहादुर थापा, वडा नं. ८ को सभापतिमा भरत कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

भिमाद नगरपालिका

वडा नं. १ को सभापतिमा माधव लम्साल, वडा नं. २ को सभापतिमा मोहन राना, वडा नं. ३ को सभापतिमा धन बहादुर थापा, वडा नं. ४ को सभापतिमा लोक बहादुर राना, वडा नं. ५ को सभापतिमा गणेश गैह्रे, वडा नं. ६ को सभापतिमा सूर्यनाथ पौडेल, वडा नं. ७ को सभापतिमा सोमराज सुवेदी, वडा नं. ८ को सभापतिमा माधव खनाल, वडा नं. ९ को सभापतिमा मन बहादुर थापा -शुरेस) निर्वाचित भएका छन्।

घिरिङ गाउँपालिका

वडा नं. १ को निर्णय नभएको, वडा नं. २ को सभापतिमा सुरेन्द्र थापा, वडा नं. ३ को सभापतिमा होम बहादुर थापा, वडा नं. ४ को सभापतिमा विर बहादुर थापा, वडा नं. ५ को सभापतिमा चन्द्र थापा निर्वाचित भएका छन् ।

देवघाट गाउँपालिका

वडा नं. १ को सभापतिमा मुक्ति थापा, वडा नं. २ को सभापतिमा मिन बहादुर राना, वडा नं. ३ को सभापतिमा गंगा सिं वि.क., वडा नं. ४ को सभापतिमा नर बहादुर गुरुङ, वडा नं. ५ को सभापतिमा सोमनाथ ढकाल निर्वाचित भएका छन् ।

जिल्लाका अधिकांश वडाहरुमा सर्वसम्मत रुपमा वडा सभापति सहित कार्यसमिति र जिल्ला प्रतिनिधिहरु छनोट गरिएको छ भने केही वडामा भने मतदान प्रक्रियाबाट वडा सभापति तथा प्रतिनिधिहरु छनोट गरिएको कांग्रेस तनहुँका सचिव बास्तोलाले जानकारी गराए । कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुइ, सचिव दुइ र सहसचिव दुइ गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित गरिन्छ ।

मुलुकभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समिति जनाएको छ । यसबाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । महाधिवेशन अन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फ आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । वडा अधिवेशन गर्न तोकिएको भदौ १८ को मिति नाघिसक्दासमेत २० जिल्लाका क्रियाशील सदस्यको सूची अझै र्सार्वजनिक नभएकामा सम्बन्धित जिल्लाका कार्यकर्ता निराश बन्न थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker